गलत समाचार प्रकाशित गरेकोप्रति खोजतलास मिडियाका अध्यक्ष महर्जनको घोर आपत्ति

335.7k Shares

काठमाडौं । खोजतलास मिडिया प्रा.लि.का अध्यक्ष भरत महर्जनको विषयलाई लिएर विभिन्न अनलाइन प्रोटलमा अनर्गल समाचारहरु प्रकाशित भएकोप्रति महर्जनले आपत्ति जनाउनुभएको छ ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभमा संस्थागत लगानी ७ अर्ब ४४ करोड ७ लाख ९ हजार २ सय ८३ भएको र संस्थाबाट सदस्यहरुलाई लगानी गरेको ४ अर्ब ५७ करोड १ लाख २ हजार १ सय ५६ रहेको संघर्षसमितिका अधिकारीहरुले नै हिसाव निकालेका छन् ।
संघर्ष समितिका अधिकारीहरुकै अनुसार सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को— अपरेटिभ दुई अर्बले फाइदा देखिएको छ । यस्तो अवस्थामा पाँच वर्ष अगाडि नै सम्पूर्ण जिम्मेवारी वहन गर्ने गरी नयाँ संचालक समितिलाई जिम्मेवारी दिइसकेको अवस्थामा अहिले आफ्नो पारिवारसहित विदेशमा बस्दै आएका महर्जनलाई १० अर्बभन्दा बढी रुपैयाँ लिएर विदेश पलायन भएको भन्ने समाचारमा कत्तिको सत्यता छ ? अनावश्यक व्यक्तिगत चरित्र हत्या र सामाजिक मानमर्दन हुने समाचार प्रकाशित गर्नुभन्दा पहिला सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशित गर्दा संचार माध्यमको विश्वसनीयता बढ्ने थियो । निक्षेपकर्तालाई १० अर्ब दिनुपर्ने, सम्पत्ति १२ अर्बको भएको आफैले स्वेतपत्रमा सार्वजनिक गरिसकेका संघर्ष समितिका पदाधिकारीहरुले संचारकर्मीलाई गलत सूचना दिई भरत महर्जनले १० अर्ब लिएर विदेशिएको भन्ने समाचारमा कत्तिको सत्यता छ । यदि भरत महर्जनसँग १० अर्ब भएको भए महर्जनले १० अर्ब निक्षेपकर्तालाई फिर्ता गरी १२ अर्बको सम्पत्ति आफ्नो नाममा राख्न सक्थे कि सक्थेनन् ? यतिसम्म पनि नबुझेका संघर्ष समितिका पदाधिकारीहरु र संचारकर्मीका लागि के भन्ने महर्जन बताउनुहुन्छ ।
चार दशक अगाडिदेखि विभिन्न व्यवसाय गर्दै सम्पत्ति, मानसम्मान र इज्जत कमाउँदै आएका धापाखेलका लोकल स्थानीय नेवार समुदायमा जन्मेका महर्जन करोडौं सम्पत्तिको मालिक भएर जन्मिएका व्यक्ति हुन् । यस्ता व्यक्तिको परिवारमाथि चाहिने नचाहिने आरोप लगाई व्यक्तिगत सम्पत्तिमाथि गिद्देनजर लगाई सम्पत्ति चाहियो भन्नु, १० औं अर्ब लिएर विदेश भाग्यो भनी बेइज्जत गरिएकोप्रति आफै पनि संचारमाध्यम खोजतलास मिडिया प्रा.लि.का अध्यक्ष भएका नाताले यसरी गलत समाचार विभिन्न संचारमाध्यममा प्रकाशित गरेकोप्रति घोर आपत्ति प्रकट गर्नुभएको छ । भरत महर्जनका अनुसार सुमेरुअन्तर्गतका कम्पनीहरुमा आफ्नो २० प्रतिशत मात्र शेयर भएको र आफ्नो कुनै पनि परिवारको शेयर नभएको पनि उहाँले जानकारी गराउनुभएको छ ।

सम्बन्धित समाचार