कपिलबस्तुबाट अवैध लत्ताकपडासहित मोटरसाइकल बरामद

18k Shares

कपिलबस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका १ जवाबैराठ इलाकाबाट सशस्त्र प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । मंगलबार सशस्त्र प्रहरीले करीव ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल बरामद गरेको हो । 

सोही ठाउँको जंगल इलाकामा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार वटा मोटरसाईकल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ । 
 

सम्बन्धित समाचार