सुलीकोट, असार ५ गते । गोरखाको चार पालिकामा एक लाख अलौचीको बिरुवा निशुल्क वितरण गरिएको छ । स्वाँरा संघन गाउँविकास केन्द्रले सिआएससँगको साझेदारीमा स्पाईस परियोजनाले उच्च मूल्य भएको नगदेबाली किसानलाई प्रोत्सहन स्वरुप एक लाख अलैचीको बिरुवा वितरण गरिएको स्वाँरा संघन गाउँ बिकास समितिको कार्यकारी निर्देशक सितारा श्रेष्ठले जानकारी दिनुभयो ।
स्वाँरा संघन गाउँ विकास समितिले असार ३० गतेबाट सुरु गरी साउन ५ गते जिल्लाका चार पालिका अजिरकोट गाउँपालिका, धार्चे गाउँपालिका, सिरानचोक गाउँपालिका र आरुघाट गाउँपालिकाका किसानलाई अलैचीको बिरुवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
चार पालिकाहरुमा उच्च मूल्य भएको नगदेबाली उत्पादन हुँदै आइरहेकाले उक्त पालिकामा अलौची राम्रो उत्पादन हुने ठाउँ भएकाले पनि खेर गइरहेको जमिनको उपयोग गर्दै ठुलो परिणममा उत्पादन गरी किसानको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले अलैचीको बिरुवा वितरण गरिएको बताइएको छ ।
अलैचीको बिरुवा रोप्नका लागि पालिकाहरुसँग समन्वय गरेका छौं, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘किसानले लगाएको अलैची बिरुवा सारेदेखि फल्ने बनाउने र त्यसलाई फलेपछि सुरक्षित भण्डारण गरी बिक्री गर्न पनि स्वाँरा संघन गाउँविकास समितिले जिम्मा लिनेछ ।’
अहिले स्वाराँ संघन गाउँबिकास समितिले अलैची किसानलाई अलौची कसरी सार्ने, अलैचीको खेती कसरी गर्ने, रोग किराको उपचार, उत्पादन र बिक्रि सम्मको ज्ञान सीप उपलब्ध गराई सकको उहाँको भनाइ छ । उच्च मूल्य भएको नगदेबाली प्रवर्द्धनमा पनि स्वाँरा संघन गाउँबिकास केन्द्रले सहयोग र समन्वय गर्ने उहाँले बताउनुभयो ।
बिरुवा वितरणले पर्यावरण तथा पारिस्थितिकय प्रणाली सुधार, वातावरणिय सन्तुलन, वातावरणिय सौन्दर्यकरण, भुक्ष्य तथा कटान रोकथाम लगायत आर्थिक उर्पाजनमा टेवा पुग्ने अपेक्षा गरिएको पालिकाहरुले बतएका छन् ।