काठमाडौँ काठमाडौँ बिजेश्वरी अवस्थित द सनसाइन स्कूल कलेजको आयोजनामा फस्ट सनसाइन कप वाडो र्यू इन्टरस्कूल कराँते च्याम्पियनसिप सम्पन्न भएको छ । शनिबार विहान ७ बजे शुरु भएको उक्त कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको हो । पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना भएको उक्त कार्यक्रममा विशिष्ट अतिथीका रुपमा काठमाडौँ महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोल लगायत नेपाल वाडोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसी सहभागी हुनुहुन्थ्यो । त्यस्तै अतिथीहरुका रुपमा द सनसाइन स्कूल/कलेजका प्रिन्सिपल बाबुराम गौतम लगायत अन्य सामाजिक अभियन्ता, खेलाडी तथा समाजका स्रस्टा, पत्रकार तथा अन्य स्कूलका प्रिन्सिपलहरुको पनि उल्लेखनीय सहभागी रहेको थियो । आजको कार्यक्रमको सभापतित्व आयोजक स्कूलकलेजका सञ्चालक धु्रबराज भण्डरीले गर्नुभएको थियो ।
४ सय ५० विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा विभिन्न स्कूलका छात्र छात्राहरुले कराँते प्रतियोगीतामा आफ्नो कौशलता प्रदर्शन देखाएर सबैलाई चकित पारेका थिए । त्यस्तै विद्यार्थीहरुले लोक शैलीमा नृत्यहरु पनि प्रदर्शन गरेका थिए । प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई कार्यक्रममा ट्रफी तथा पुरस्कार आयोजक स्कूलले प्रदान गरेको थियो भने प्रतियोगीतामा सहभागी अन्य विद्यार्थीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रमा आमन्त्रित दिग्गजहरुले आ/आफ्नो मन्तव्य तथा धारणा व्यक्त गर्नुभएको थियो ।





