15.7k
Shares
काठमाडौं, ७ जेठ । आज २४ घन्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसका ८ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७ हजार ८ जना ९० संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हालसम्म संक्रमणबाट मुत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।