काठमाडौं, ३१ असार । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो ।
कालिकास्थनस्थित अध्यागमन विभाग अगाडि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।कानुनसम्मत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका श्रमिकहरुलाई विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै संघले विरोध प्रदर्शन गरेको हो ।






