खेलकुदको इतिहासमा तेक्वान्दो खेलको महत्वपूर्ण योगदान छ ः सिलवाल

19k Shares

काठमाडौं ।  नेपाल तेक्वान्दो संघको केन्द्रीय साधारण सभा पोखरामा गत पुष २५ गते शनिबार सम्पन्न भएको छ । 
सो साधारण सभामा नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि वढ्न आग्रह गरेका थिए । उनले तेक्वान्दोले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साखलाई जोगाई राख्न जुनियर लेभलवाट नै ¥याङकिङ प्रतियोगिता आयोजना गर्न सुझाए ।
कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथि उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुचारु गर्न आग्रह गर्दै सदस्य सचिव सिलवालले अब नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम सुरु गर्ने बताएका थिए ।
तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि वढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि वढाउने जानकारी दिए ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भरत महर्जन, भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगायतले तेक्वान्दोका बारेमा धारणा राखेका थिए । सो अवसरमा तेक्वान्दो संघले राखेपमा पुनः सदस्य सचिव नियुक्त भएका सिलवाल, राखेप सदस्यत्रय सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, सदस्य नन्दा वस्याललाई सम्मान गरेको थियो ।
तेक्वान्दो संघलाई उल्लेखनीय योगदान र सहयोग गर्ने तेक्वान्दो संघकै केन्द्रीय उपाध्यक्ष तथा सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजनलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी शुसिल पाण्डे र समाजसेवी नेहा पोख्रेललाई समान स्वरुप १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । सञ्चारकर्मी पाण्डेले कोभिड–१९ कहरका विचमा समाजमा उल्लेखनीय योगदान पु¥याएका थिए भने समाजसेवी पोख्रेलले सडक बालबालिका मनरोगी महिलाहरुको उद्धारको क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन् ।
साधारण सभामा संघका महासचिव गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कासिम मिया धावीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न भएको हो । साधारण सभामा गण्डकी प्रदेशका महासचिवले रमेश पौडेलले प्रदेशका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

सम्बन्धित समाचार