खेलकुद क्षेत्र विकास हुन खेलक्षेत्र बुझेकोले नेतृत्व गर्नुपर्छ ः तेक्वान्दो प्रशिक्षक बुढाथोकी

14.4k Shares

विश्वका नामै नसुनेका देशहरु खेलकुदका कारण विश्वसामु परिचित बन्दै आइरहेका छन् । खेलकुदबाटै आफ्नो नाम विश्वसामु चिनाउने देशहरुमा अर्जेन्टिना, ब्राजिल फुटबलकै कारण विश्वमाझ आफ्नो परिचय दिएको छ । 
विश्वमा आफ्नो देशको नाम अग्रगतिमा राख्न खेलकुदको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने अर्जेन्टिना, ब्राजिललगायतका मुलुकहरुले उदाहरण दिइसकेका छन् । हाम्रो देशको नाम पनि विश्वसामु चिनाउन खेलक्षेत्रबाट सम्भावना रहेको खेलकुदलाई माया गर्ने तेक्वान्दोका चौथो डान हाल प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका शिवहरि बुढाथोकी बताउँछन् । 
नेपालमा खेलकुद क्षेत्रको विकास गर्ने हो भने खेलक्षेत्रको प्रतिनिधित्व गरिरहेको राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वका लागि खेलकुद बुझेको, खेलाडीलाई माया गर्ने, खेलकुद क्षेत्रमै योगदान पु¥याएका सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्ने बुढाथोकी बताउँछन् । राष्ट्रिय खेलकुद परिषद्लाई राज्यले पूर्णरुपमा स्वतन्त्ररुपमा चल्न दिने र खेलाडीहरुलाई खेल्ने राम्रो वातावरण बनाइदिने हो भने नेपालको नाम विश्वसामु फैलाउन कुनै कठिनाई नहुने तेक्वान्दोका प्रशिक्षक बुढाथोकीको भनाई रहेको छ । राम्रो खेलाडीहरु उत्पादन गरी जस्तोसुकै गम्भीर अवस्थामा पनि राखेपले खेलाडीहरुलाई चलायमान बनाउने अवस्था भएको खण्डमा पनि खेलकुद क्षेत्र चाँडै नै विकास हुने तर्क गर्छन् बुढाथोकी । खेलाडीहरुले खेल क्षेत्रमा लाग्दा आफ्नो भविष्य सुनिश्चित हुने र आफ्नो दैनिक जीवनयापनको लागि सहज वातावरण राज्यले बनाई दिएको खण्डमा विश्वका चर्चित खेलाडीहरुभन्दा नेपालका खेलाडीहरु पनि कम नहुने उदाहरणहरु धेरै भएको उनी बताउँछन् । 
खेलकुद विकासकै लागि भनेर स्थापित गरिएको राष्ट्रिय खेलकुद परिषद्मा पछिल्लो समय विभिन्न राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्रका रुपमा परिचित बन्दै गइरहेको छ भने भनसुनकै कारण गैर खेलाडीहरुले खेलाडीले पाउने सुविधाहरु उपभोग गर्दै आइरहेका छन् । त्यस्तै विभिन्न मुलुकमा आयोजित खेलकुद कार्यक्रममा पनि गैर खेलाडीहरु खेलाडी बन्दै घुम्न जाने र त्यस्तै परे उतै पलायन हुने सम्मका गतिविधिका कारण नेपालको खेलकुद क्षेत्र पछाडि धकेलिँदै गएको बुढाथोकी बताउँछन् ।
झण्डै २५ वर्ष अगाडिदेखि ललितपुर महानगरपालिका वडा नं. २२ चुनिखेल, बुग्मतीमा जन्मिएका खेलकुदलाई माया गर्ने तेक्वान्दोका प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरिरहेका समाजमा भएका कुकृतिको विरोधमा लाग्ने स्वच्छ समाजको निर्माणको पक्षमा वकालत गर्ने शिवहरि बुढाथोकी उर्जाशिल व्यक्तित्वको रुपमा परिचित छन् । 
प्रशिक्षक बुढाथोकीद्वारा दुईवटा डोजाङ्गमा हाल एक सय भन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् भने उनले एक हजार भन्दा बढी स्तरीय खेलाडीहरु उत्पादनसमेत गरिसकेको बताउँछन् । बुढाथोकीद्वारा प्रशिक्षित खेलाडीहरुले राष्ट्रियस्तरको प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरी दोस्रो स्थान हासिल गर्न सफल बनिसकेका छन् । 
चुनीदेवी तेक्वान्दो डोजाङ्गद्वारा थुप्रै प्रतियोगिताहरु आयोजना गरिसकेको बुढाथोकी बताउँछन् । चुनीदेवी डोजाङ्गद्वारा प्रथम गणेशमान स्मृति तेक्वान्दो प्रतियोगिता, प्रथम मेयर कम तेक्वान्दो प्रतियोगिता, प्रथम चुनीदेवी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता, डोर टु डोर तेक्वान्दो प्रतियोगितालगायत थुप्रै प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गरी अनुभव बटुलिसकेका छन् प्रशिक्षक बुढाथोकीले । 

सम्बन्धित समाचार