मष्तिष्क मृत्यु भएको व्यक्तिको अंग दान गर्न हामी तयार हुनुप¥यो ः डा. ऋषिकुमार काफ्ले

18.8k Shares

‘मृगौला रोग मुक्त नेपालको सपना’ बोकेका डा. ऋषिकुमार काफ्ले सकेसम्म रोग लाग्न नै नदिनु उत्तम उपाय भएको बताउनु हुन्छ । मृगौला पूर्णरुपमा बिग्रिसकेपछि मात्र लक्षण देखाउने हुनाले लक्षण नदेखाउँदै प्रत्येक व्यक्तिले वर्षको १ चोटी मृगौलाको परिक्षण गराउनुपर्ने बताउनुहुन्छ डा. काफ्ले । हाई प्रेसर, डायबेटिज भएका प्रत्येक व्यक्तिले ६—६ महिनामा मृगौला परिक्षण गरेको खण्डमा पनि मृगौला रोगबाट बच्न सकिन्छ । यदि रोग लागेको छ भने पनि उपचार गर्दा निको हुने अवस्थाको हुन्छ । मष्तिष्क मृत्यु भएको मान्छेको अंग दान गर्नमिल्छ । उसको अंग आठ जना मान्छेलाई आँखा, मुट, कलेजो, फोक्सो, दुईवटा मृगौला र प्यानक्र्याज दान गर्न मिल्छ । जब मष्तिष्क मृत्यु भएको छ भने त्यो मान्छे मर्छमर्छ, मर्ने पक्का भइसकेपछि त्यो मान्छेको मर्नु भन्दा अगाडि यदि यो अंगहरु दुईवटा मृगौला र एउटा कलेजो झिक्नुभयो भने तीन जना व्यक्तिले पुर्नजिवन पाउँछन् । यो गर्न अब के चाहियो भने हामीले आजैदेखि यसबारे बोल्न थाल्यो भने हरेक मष्तिष्क अर्थात ब्रेन डेथ भएको अंग काम लाग्दो रहेछ, ती अंगहरु दान गर्न मिल्दो रहेछ भन्ने अभियान चलाउनुपर्ने डा. काफ्ले बताउनु हुन्छ । यसै पेरिफेरिमा रहेर डा. काफ्लेसँग खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतले गरेको संक्षिप्त कुराकानी ः 
० मृगौला रोग कस्तो खाले रोग हो ?
पहिला त मृगौला रोग भन्दा पनि मृगौलाले के काम गर्छ त्यो महत्वपूर्ण कुरा हो ।  मृगौलाको काम भनेको पिसाव बनाउने हो । त्यो पिसाव बनाउने प्रक्रियामा मृगौलामा रोग लागेपछि पिसाव बनाउन सक्दैन । हामीले दैनिक खाने गरेको खानेकुराबाट निस्केको फोहोर पिसावमा जान्छ । जुन फोहोर पिसाव जानु भनेको मृगौलाले फोहोर पिसावमा फाल्नु हो । यदि मृगौला आफै रोगी भयो भने जुन फोहोर पिसावबाट फाल्न सक्दैन पिसावबाट फाल्न नसकेपछि त्यो फोहोर रगतमा फाल्छ । रगतमा फोहोर फाले पछि फोहोरको असर शरीरमा पर्छ । फोहोरको असर शरीरमा पर्ने भएपछि मान्छे कम्जोर बन्दै जान्छ । सुरुका अवस्थामा कम्जोर महसुस गर्दैन । पछि विस्तार मृगौला रोग बढ्दै गएपछि विरामी अशक्त बन्छ । त्यसैले मृगौला रोगले मान्छेलाई के गर्छ, यदि उपचार नपाए मान्छेको मृत्यु हुन्छ । उपचार पाए मान्छे बाँच्छ । तर, सही समयमा डाक्टरकाहा आइदिए उपचार हुने थियो । तर, धेरै जसो विरामीहरु ढिला आउँछन्, उनीहरु लक्षण कुर्छन् । यो समग्ररुपमा भन्ने हो भने मृगौला रोगीको यो अवस्था देखिन्छ । 
० मृगौला खराब हुनुको कारण के हुनसक्छ ?
मृगौला खराब हुनुको कारण एउटा रक्तचार ठिक नराख्नु, मधुमेह ठिक नराख्नु, तौल ठिक नराख्नु, पानी नखानु, खान नहुने कुरा चुरोट, खैनी, जाँड रक्सी खानु, अत्यधिक मासुको सेवन गर्नु, नुनको मात्रा धेरै लिनु, गुलियो पदार्थ धेरै खानु आदिका कारणले पनि खराब बनाउन सक्छ । तर, जन्मिदाखेरी जन्मिएको मृगौला स्वस्थ छ, बलियो छ भने तपाईंले त्यो गर्दा पनि केही फरक नपर्ला । तर जसको मृगौला कमजोर छ त्यस्तो व्यक्तिले रक्तचार ठिक नराख्नु, मधुमेह ठिक नराख्नु, तौल ठिक नराख्नु, पानी नखानु, खान नहुने कुरा चुरोट, खैनी, जाँड रक्सी खानु, अत्यधिक मासुको सेवन गर्नु, नुनको मात्रा धेरै लिनु, गुलियो पदार्थ धेरै खानेलाई चाँडै नै असर पारी मृगौला खराब पार्ने सम्भावना धेरै हुन्छ ।
० मृगौला कस्तो अवस्थामा पत्यारोपण गर्नुपर्ने हुन्छ ? 
कुनै पनि रोगले मृगौलालाई असर पार्न सक्छ । डायवेटिजले मृगौलालाई ड्यामेज ग¥यो, हाई ब्लडप्रेशरले ड्यामेज ग¥यो, किड्नी रोग नेफ्राइलिसले ड्यामेज ग¥यो, पत्थरीले ड्यामेज ग¥यो, इन्फेक्सनले ड्यामेज ग¥यो, जथाभावी औषधी खाँदा किड्नीलाई ड्यामेज ग¥यो । जे भए तापनि किड्नी ड्यामेज प्रक्रिया भनेको क्रमशः त्यो हुँदै जानेछ । त्यो क्रमशः  हुँदै जाँदाखेरी यस्तो अवस्था आउँछ जुन मृगौला फेलरको अन्तिम अवस्था हुन्छ जुन मृगौलाले काम गर्न नसकेको अन्तिम अवस्था हो । यस्तो अवस्थामा विरामीलाई बचाउन तपाईंसँग दुईवटा मात्रै विकल्प हुन्छ । एउटा डायलासिस, एउटा प्रत्यारोपण । त्यो अवस्थामा प्रत्यारोपण गर्नुपर्छ जुन दुईवटै मृगौलाले काम गर्न नसकेको, ९० प्रतिशत मृगौला बिग्रिएको स्थितिमा मात्र प्रत्यारोपण गरिन्छ । 
० नेपालमा कहिलेबाट मृगौला प्रत्यारोपणको सुरुवात भयो ?
नेपालमा मृगौला प्रत्यारोपण २०५२ सालमा एभरेष्ट नर्सिंङ होममा तिनवटा मृगौला प्रत्यारोपण भएको थियो । त्यसले निरन्तरता पाउन सकेन । पछि बिर अस्पतालमा पनि प्रत्यारोपण गरिएको थियो त्यो सफल हुन सकेन । आजभन्दा लगभग १२ वर्ष अगाडि यो सेवा बिर अस्पताल र टिचिङ अस्पतालमा सुुरु भयो । सरकारले मृगौला प्रत्यारोपणकै लागि भनेर सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा खोल्यो । यी तिनवटा अस्पताल मृगौला प्रत्यारोपणका लागि सरकारले खोल्यो । सरकारी तिनवटा अस्पतालसँगै मृगौला प्रत्यारोपणका लागि काठमाडौं उपत्यकामा प्राइभेटमा ग्राण्डी, निदान र सुमेरु अस्पतालमा प्रत्यारोपणको सुविधा छ । काठमाडौं उपत्यका बाहिर भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपणको लागि स्वीकृति पाएको छ । तर भरतपुर मेडिकल कलेजले चाहिँ स्वीकृति पाएअनुसार केही मृगौला प्रत्यारोपण ग¥यो तर, चितवन मेडिकल कलेजले स्वीकृति पाएर पनि प्रत्यारोपण गरेको छैन । 
० सुमेरु अस्पतालमा चाहिँ मृगौला प्रत्यारोपण कहिलेबाट सुरु भयो ?
सुमेरु अस्पतालले पोहोर सालबाट सुरु गरेको हो । सुमेरु अस्पतालले पाँचवटा मृगौला करिब—करिब निःशुल्करुपमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । दुईवटा विरामीको मृगौला प्रत्यारोपणमा पूर्णरुपमा निःशुल्क गरेको हो भने बाँकी अरुको पनि कम पैसा लिएर खाली नोमिनल हिसावले गरेको थियो । तर, पछि मृगौला प्रत्यारोपण गर्ने क्रममै कोरोना माहामारीका कारण सबै अस्पतालहरुमा मृगौला प्रत्यारोपण रोकिने क्रममा हाम्रो अस्पतालमा पनि रोकियो । 
० पछिल्लो चरणमा सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपणको योजना छ कि छैंन ? 
झण्डै एक वर्ष अगाडिदेखि सुरु भएको कोरोना भाइरस संक्रमण घट्दो अवस्थामा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने गरी व्यवस्थापन गरेर मृगौला प्रत्यारोपण गर्ने योजना हामीले बनाएका छौं । 
० दुबै मृगौला पूर्णरुपमा ड्यामेज भएको खण्डमा डायलासिस र प्रत्यारोपण कुन गर्दा उपयुक्त हुन्छ ?
डायलासिस भनेको त्यो व्यक्ति रगत सफा गर्न अस्पतालमा पुग्नुपर्छ । उसले हेमो डायलासिस गर्छ भने अस्पतालमा गएर आफ्नो शरीरको रगत झिक्न लगाएर त्यो रगत सफा गरेर चार घण्टा लगाएर सफा गरेर घर फर्किनुपर्छ हप्तामा दुई वा तिन पटक । यो झन्झटिलो भयो भने भनेको जस्तो खानेकुराहरु खान पाउदैन । किन भने नुनको मात्रा बढी हुनु भएन, पानीको मात्रा बढी हुनुभएन, चिल्लो खान भएन विरामीमा खानाको रोकतोक भयो । अन्य औषधीहरु पनि खानुपर्ने भयो । तर प्रत्यारोपण गरेको व्यक्तिलाई स्वस्थ मृगौलाले जे काम गर्छ त्यो काम गर्छ । किनकी अर्काको शरीरको स्वस्थ मृगौल च्वाट्ट काटेर हालिदिएपछि टाउको दुखाई नै हुँदैन । मृगौलाले के काम गर्नुपर्ने हो त्यो सम्पूर्ण काम गर्छ । डायलासिसमा भने आम्सीकरुपमा काम गर्छ । त्यो पनि कृतिमरुपमा गर्छ । यी दुईटा कुरामा डायलासिसमा बसेको व्यक्ति पोखरा जानुप¥यो भने पोखरामा मैले कहाँ डायलासिस गर्ने भन्ने पहिलो नै योजना बनाएर जानुपर्ने हुन्छ । हामीले घुम्न जाँदा बास बस्ने ठाउँ खोजेजस्तै खोज्नुपर्ने हुन्छ । त्यो झन्झट हुने भयो डायलासिस गरेको व्यक्तिलाई । प्रत्यारोपण गरेको व्यक्तिलाई भने त्यो झन्झट हुँदैन । तर, प्रत्यारोपण गरेको व्यक्तिले नियमित औषधी खानुपर्छ । जसको किड्नी दिए पनि औषधी त खानुपर्छ । त्यो औषधी खानुपर्ने भएको हुनाले ऊ संक्रमणबाट जोगिनुपर्ने हुन्छ । औषधीको मात्रा बढी भयो भने संक्रमण बढेर ज्यान जाला भन्ने डर, औषधीको मात्रा कम भयो किड्नीले कामै नगर्ला भन्ने डर । अप्ठ्यारो स्थिति छ तर डायलासिस गरेको व्यक्तिले भन्दा प्रत्यारोपण गरेको व्यक्तिले काम गर्न सक्छ । उदाहरणका लागि प्रधानमन्त्री केपी ओलीलाई लिन सकिन्छ । 
० मृगौला प्रत्यारोपण पछि कस्ता—कस्ता जोखिमहरु आइपर्न सक्छन् ?
मुख्य जोखिम चाहिँ मृगौला प्रत्यारोपण गरेको व्यक्तिले स्वस्थ जीवन अप्नाउनुपर्छ । जसले मृगौला प्रत्यारोपण गर्छ र दान गर्ने व्यक्तिले पनि स्वस्थ जीवन अप्नाउनुपर्छ । दान गर्ने व्यक्तिले मेरो एउटा मृगौला स्वस्थ छ भनेर खानपिन, रहनसहन जथाभावी गरेको खण्डमा उसलाई पनि अप्ठ्यारो पर्न सक्छ । मृगौला दान लिने व्यक्तिले पनि अर्काको स्वस्थ मृगौला हो भनेर स्वस्थ जीवन नअप्नाई जथाभावी खानपिन गरेको खण्डमा कुनै पनि बेलामा मृगौला बिग्रन सक्छ । स्वस्थ जीवन नअप्नाएमा अर्काको शरीरको मृगौला हो भन्ने थाहा पाउने वित्तिकै शरीरले त्यसलाई ध्वस्त पारिदिन्छ । यसरी ध्वस्त पार्न सक्ने डर चाहिँ जहिले पनि हुन्छ । त्यसैले हामी चनाखो रहनुपर्छ । चनाखो भनेको के ? सुरुमा एक हप्तामा दुई पटक, त्यसपछि हप्तामा, त्यसपछि १५ दिनमा त्यसपछि एक महिनामा, त्यसपछि दुई महिनामा, त्यसपछि तीन महिनामा, त्यसपछि प्रत्येक तिन महिनामा रगत जाँच गर्नुपर्छ । आफू ठिक छु भने पनि रगत जाँच गर्नु नै पर्छ । त्यो चाहिँ एउटा झन्झट छ । तर, हिँडडुलका सहजता, खानपिनको सहजता, अस्पताल जानुपर्ने झन्झट नपर्ने, केही पाउनका लागि केही न केही त गुमाउनु नै पर्छ नि जिउनका लागि । 
० सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण गर्नुप¥यो भने कति खर्चमा प्रत्यारोपण गर्न सकिन्छ ?
अब यसमा के छ भने सरकारी अस्पतालमा चार लाखमा प्रत्यारोपण गरिएको छ । एक लाख रुपैयाँ औषधी खान दिन्छ । पचास हजार रुपैयाँ टेष्ट गर्न दिन्छ । प्रत्येक सरकारी अस्पतालले मृगौला प्रत्यारोपण गर्ने विरामीलाई सरकारले साँढे पाँच लाख दिन्छ । तर, सरकारी अस्पतालमा लामो समयसम्म क्यूमा बस्दा, लामो समयसम्म बस्दा कहिले इन्फेक्सन हुने, कहिले के हुने गर्दाखरी मृगौला रोगीको खर्चचाहिँ बढ्न सक्छ । तर सुमेरु अस्पतालले चार लाखमा मृगौला प्रत्यारोपण गर्न सक्ने अवस्था छैन । सरकारी अस्पतालमा त डाक्टरलाई तलव दिइरहेको हुन्छ, उसले गर्ने काम सरकारी बजेटबाट गर्छ । तर सुमेरु अस्पतालले त डाक्टरको पारिश्रमिकलगायत अन्य खर्च जोड्दा चार लाख रुपैयाँमा गर्न सक्दैन । सकिन्छ भनेर पोहोर साल हामीले प्रयास ग¥यौं, अब नसक्ने अवस्था आए पछि हामीले मृगौला प्रत्यारोपणका लागि साँढे सात लाख रुपैयाँ अस्पतालमा बुझाउनुपर्छ । अप्रेशन गरेको, अस्पताल भर्ना भएको, औषधी खाएको, टेष्ट गरेको, जाँचपर्ताल गरेको कुरालाई चाहिँ साँढे सात लाख रुपैयाँ, साँढे तिन लाख रुपैयाँचाहिँ त्यो व्यक्तिलाई दिनु परेको विशेष औषधी सामाग्री, विशेष गरी औषधी एटीजी र अन्य औषधीहरुको हकमा चाहिँ हिसावमा साँढे तिन लाख रुपैयाँ लाग्ने रहेछ । मृगौला प्रत्यारोपणका लागि लगभग ११ लाख रुपैयाँ लाग्ने देखियो । पछिल्लो समय कोरोना कालको पिरियडमा प्रत्यारोपण गर्ने व्यक्ति प्रत्यारोपण गर्नु अगावै सात दिन घरमा आइसुलेसनमा बस्नुपर्छ । सात दिन घरमा आइसुलेसनमा बसेपछि पिसीआर टेष्ट गरेर नेगेटिभ भएपछि अस्पतालमा भर्ना हुन्छ । अस्पतालमा भर्ना भइसकेपछि पनि उसलाई प्रत्यक्ष निगरानीमा हामीले पाँच दिन आईसुलेसनमै राख्छौं । पाँचौं दिनमा फेरि हामीले पीसीआर गर्छौं, आवश्यक परे सिटी स्क्यान पनि गर्छौं । यति गरिसकेपछि उसलाई दान दिने व्यक्ति ऊ आफै र उसको भिजिटर अस्पतालमा पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । यी सबै गर्दा फेरि विरामीको डेढ दुई लाख रुपैयाँ खर्च हुने भयो । कोरोना काल नहटेसम्म हामीले कोरोना भाइरसको टेष्ट गरेनौं भने कोरोना भाइरस लागिहाल्यो भने उसको ज्यानै जान सक्छ । त्यसैले थप खर्च लाग्छ भनेर हामीले भन्यौं । 
० मृगौला रोग लागेको देखिन्छ कि देखिँदैन ?
मृगौलाको बारेमा एउटै कुरा छ । पिसाव पोल्यो भने पनि मृगौला रोग हो नि, पिसाव नै नआए पनि मृगौला रोग हो नि, कहिलेकाहिँ पिसावबाट रगत आउनु भनेको पनि मृगौला रोग हो नि, तर यी रोगहरु सानातिना, यदाकता घरमा नबसी अस्पताल दौडिहाल्छन् । तर, जहा हामी मृगौला बिग्रिने रोगको कुरा गर्दैछौं, यो चाहिँ साइलेसन्स छ । प्रेशर भएको व्यक्तिको मृगौला विग्रिरहेको हुन्छ त्यसले पत्तो पाइरहेको हुँदैन । त्यो व्यक्तिको मृगौला जाँच गर्दा डाक्टरले पनि थाहा पाउँदैन । अनुहारले थाहा पाउने कुरै भएन । मधुमेह भएको व्यक्तिको पनि त्यही हालत हो । भित्र मृगौला बिग्रिरहेको छ न उसलाई थाहा छ, न डाक्टरले उसको अनुहार हेरेर थाहा पाउँछ । वास्तवमा लक्षण कुरेर बस्ने हो भने मृगौला बिग्रिसकेर मात्र डाक्टरकोमा पुगिन्छ । मृगौला रोग यस्तो रोग हो उपचार गर्दा निको हुने अवस्थामा लक्षण देखिँदैन, मृगौला कामै नलाग्ने गरी विग्रिसकेको अवस्थामा लक्षण देखाउँछ । त्यसैले मृगौला रोगमा लक्षण नकुर्ने, कम्तीमा पनि वर्षको एक पटक प्रत्येक व्यक्तिले जाँच गराउने, सके ६—६ महिनामा गराउने गर्नुपर्छ । विशेष गरी रक्तचाप उच्च भएको व्यक्तिहरु, मधुमेह भएका व्यक्तिहरु, तौल बढी भएका व्यक्तिहरु, परिवारमा मृगौला रोग भएर उपचारका व्यक्तिहरु, पेनकिलर औषधी सेवन गर्न वाध्य भएका व्यक्तिहरु यस्तो भएका व्यक्तिहरुले जाँच गर्नैपर्छ । अझ यस्ता व्यक्तिहरुले ६—६ महिनामा गरे धेरै राम्रो । तर, अन्य व्यक्तिले पनि स्वस्थ हुँदै वर्षको एक पटक अनिवार्य जाँच गर्नै पर्छ । किनकी आफू अस्वस्थ भएर जाँच गर्दा ढिलो हुन्छ, त्यसैले स्वस्थ छँदै जाँच गर्नुपर्छ । प्रत्येक स्वस्थ मानिसले वर्षको एकचोटी पिसावमा प्रोटिन, रगतमा क्रेयाटिनी र एउटा अल्ट्रासाउण्ड गर्दा धेरै राम्रो हुन्छ । 
० मृगौला बचाउ अभियानको कुरा के होला ? 
मृगौला रोग लागेर मान्छेहरुसधै ढिलो आउने, अनि दुःखी हुने, दुःख भयो भन्ने, अप्ठ्यारो भयो भन्ने, मैले सकिन गाह्रो भयो भन्ने । चाँडो किन आएन, किन भने उसलालाई लक्षण नै छैन । लक्षण नभएपछि ऊ किन आउने ? वास्तवमा मृगौला बचाउ अभियानको कुरा के हो भने तपाईं स्वस्थ छु भनेर घरमा बस्न भएन, वर्षको एक पटक मृगौला जाँच गर्नुस् । मृगौला जाँच नगरीकन म स्वस्थ छु कसैले पनि मान्दैन । वर्षको एक चोटी मृगौला जाँच गर्नुस्, स्वस्थ जीवनशैली अप्नाउनुस्, पर्याप्तरुपमा पानी पिउनुस्, व्यायाम गर्नुस्, योग प्रणायाम गर्नुस, खान नहुने बस्तुहरु चुरोट, खैनी, जाँड रक्सी, माछामासुहरु कम खानुस्, सागसब्जी, तरकारीहरु धेरै खानुस्, समयमा सुत्नुस, समयमा उठ्नुस् र त्यति गर्दैमा स्वस्थ होइन्छ । त्यसैले वर्षमा एक चोटी परिक्षण गर्ने बानी बसाल्नुस् । बार्षिक परिक्षण गरिरहनुभएको छ भने स्वस्थ हुन्छ भने यदि तपाईंलाई मन लाग्छ भने दिनको एक रुपैयाँ मृगौला बचाउ अभियानलाई दान गर्नुस् । अर्को कुरा सक्नु हुन्छ आफ्नो नातेदारमा कोही मृगौला रोग लागेर प्रत्यारोपण गर्न पाइन्छ कि भन्ने आशमा बसेका छन् भने तपाईंसँग दुईवटा मृगौला छ । एउटा मृगौला दान गर्दा त्यो मान्छेको ज्यान जोखिन्छ भने तपाईंले दान किन नगर्ने ? दान गर्ने सोच बनाउनुहोस् । र, अर्को कुरा मष्तिष्क मृत्यु, विकास भनेको स्पीड रहेछ, गती रहेछ, गति भएपछि के हुँदो रहेछ एसिडेन्ट हुँदो रहेछ, एसिडेन्ट भएपछि के हुँदो रहेछ स्वस्थ व्यक्ति पनि मष्तिष्क मृत्यु प्राप्त गर्दो रहेछ । त्यसैले मष्तिष्क मृत्यु प्राप्त गरेको व्यक्तिहरुलाई डाक्टरले भन्छ नि भेन्टिलेटरमा राखेको छ, आईसीयुमा राखेको छ, मष्तिष्क मृत्यु भएको मान्छेको अंग दान गर्नमिल्छ । उसको अंग आठ जना मान्छेलाई आँखा, मुट, कलेजो, फोक्सो, दुईवटा मृगौला र प्यानक्र्याज दान गर्न मिल्छ । जब मष्तिष्क मृत्यु भएको छ भने त्यो मान्छे मर्छमर्छ, मर्ने पक्का भइसकेपछि त्यो मान्छेको मर्नु भन्दा अगाडि यदि यो अंगहरु झिक्नु भयो भने नेपालको परिप्रेक्षमा भन्ने हो भने दुईवटा मृगौला र एउटा कलेजो झिक्नुभयो भने तीन जनाले व्यक्तिले पुर्नजिवन पाउँछन् । यो गर्न अब के चाहियो भने हामीले आजैदेखि यसबारे बोल्न थाल्यो भने हरेक मष्तिष्क अर्थात ब्रेन डेथ भएको अंग काम लाग्दो रहेछ, ती अंगहरु दान गर्न मिल्दो रहेछ भन्ने अभियान चलाउनुपर्छ । मृगौला बचाउ अभियानको उद्देश्य एक जना व्यक्तिको मृगौला उपचार गर्नुभयो भने लाखौं रुपैयाँ खर्च गर्नुहुन्छ । सय जनाको उपचार गर्नुभयो भने करोडौं खर्च गर्नुहुन्छ । हजार जनाको उपचार गर्नुभयो भने अरबौं खर्च गर्नुहुन्छ । मृगौलाको डायलासिस गर्नुभयो भने तपार्ईले अरबौं खर्च गर्नुहुन्छ । तर, तपाईंहरुमध्ये एक जनाले पिसाव जाँच गर्न गयो, रगत जाँच गर्न गयो, भिडियो एक्सरे ग¥यो भने त्यो मान्छेले के गर्छ ? समयमै मृगौला रोग लागेको पत्ता लाग्यो भने उसको मृगौला उपचार गर्दा लाग्ने खर्च जोगिने भयो नि । एक जना मृगौला रोगीबाट जोगिन सक्यो भने लाखौं रुपैयाँ जोगियो । यसरी सयौं जनालाई जोगाउन सकियो भने करोडौं रुपैयाँ जोगियो । यसरी करोडौं रुपैयाँ जोगाउन हामीहरुको सोच पुगेको छैन । हामी त्यति खर्च गर्न सक्ने हैसियतका छौं ? जति व्यक्ति डायलासिसमा आए पनि, जति व्यक्ति प्रत्यारोपण गर्न आए पनि हामी ती असिमित विरामीहरुलाई उपचार गर्न सक्ने क्षमता छ सरकारको ? भनेपछि विरामी बन भन्ने, तिमीहरुलाई उपचार दिन्छु भन्ने, अनि विरामी नबन किन नभन्ने ? मृर्गौला बचाउ अभियानले के भन्छ भने विरामी नबन । हाम्रो भनेको मृगौला रोग मुक्त नेपालको सपना हो । नेपालमा मृगौला रोग सिमित छ, न्यूनतम छ भन्ने सकियोस् । त्यो प्राप्त गर्ने उद्देश्यलाई लिएर यो अभियान ल्याइयो । हामी त्यो सोचमा कहिले पुगिन्छ देखाजायगा । 
० नेपालमा डायलासिस सेवाको अवस्था कस्तो छ, नेपाल अधिराज्यभरी कति छन् होला ? 
यो चिट्ठा परेजस्तो छ । रमाइलो मेलामा भाग्यदया चिट्ठा पर्छ भन्थे त्यस्तै अवस्था छ । तपाईं हाम्रो जिल्ला अस्पतालमा अथवा प्राइभेट अस्पतालमा, अथवा मेडिकल कलेजले डायलासिस खोलेछ भने खोलेछ, नभए सरकारले अञ्चल अस्पतालसम्म प्रदेश अस्पतालसम्ममा चाहिँ कमसेकम डायलासिस सेवा पु¥याउन थालेको छ । सबैतिर पुगेको अवस्था छैन । यो सरकारले निःशुल्क भने तापनि सर्वसुलभ हुन सकेको छैन । सबै मृगौला रोगीहरुले आफ्नो जिल्ला आफ्नो ठाउँमा बसेर डायलासिस पाउन सक्ने व्यवस्था चाहिँ अहिले सिर्जना भइसकेको अवस्था छैन । अब आउँदा दिनहरुमा हरेक जिल्लामा, हरेक प्रदेशमा ठाउँ—ठाउँमा जहाँ मृगौला रोगीहरु छन् रोगीहरुलाई आफ्नो जिल्लामा पायक पर्ने गाउँमा डायलासिस सेवा खोल्नु प¥यो । यो एउटा च्यालेन्ज छ, त्यही डायलासिस खोलेको केन्द्र नै मृगौला बचाउ अभियानको उद्देश्य अनुसार चल्नु प¥यो । केन्द्रले विरामीलाई आउ हामी डायलासिस गर्छु होइन विरामी नबन्न, डायलासिस गर्ने वातावरण बनाउने होइन र प्रत्यारोपण गर्नुनपर्ने कामको थालनी गर्नुप¥यो । यदि ७७ वटै जिल्लामा हिसावले डायलासिस सेवा छ । ७७ वटै जिल्लामा मृगौलाको टेष्ट गर, टेष्ट गर्नुपर्छ भन्ने वातावरण बनाई दिएको खण्डमा हरेक व्यक्तिले टेष्ट गरेको खण्डमा मृगौला रोगीलाई हामीले समयमै पत्ता लगाउन सकिन्छ र उपचारबाट ठिक हुन्छ । विरामी डायलासिस र प्रत्यारोपणको झन्झटबाट मुक्त हुन्छन् ।  
अन्तिममा केही भन्नु छ कि ?
कयौं व्यक्तिहरुले नेपालमा गरिने मृगौला प्रत्यारोपणमा जान्नुपर्ने कुरा के छ भने आफ्नो रगतको नातेदार छैन भने नेपालमा मृगौला प्रत्यारोपण गर्न कानुनी रुपमा पाइँदैन । कानुनी रुपमा तलमाथि परेका हुनाले निदान र भरतपुर अस्पतालमा झमेला भयो । प्रष्टरुपमा के छ भने हामीले आफ्नो रगतको नाता छ भने प्रत्यारोपण गर्न सकियो, आफ्नो मान्छे छैन भने डायलासिसमै बस्ने हो । अर्को पक्ष भनेको देशव्यापी रुपमा मष्तिष्क मृत्युको व्यवस्थापनबाट अंग लिने व्यवस्था अब सिर्जना गर्नुप¥यो । अब ढिला भइसक्यो । किन भने अगाडि मैले भनिसके नि, स्पिड रोकिँदैन, एसिडेन्ट घट्दैन । एसिडेन्ट बढेपछि ब्रेन डेथ पनि बढ्दो रहेछ । ब्रेन डेथ भएका व्यक्तिहरुले अंग दान गरिदिए भने त ठूलो बरदान सावित भयो नि त । नातेदारको होइन मष्तिष्क मृत्यु भएकाहरुको अंग लिने हो भने यो दिगो हुन्छ । संसारभरि यसैगरी प्रत्यारोपण गरिन्छ, तपाईंको मान्छे को छ मान्छे ल्याउनुस् भनेर प्रत्यारोपण गरिँदैन । संसारभरि मष्तिष्क मृत्यु हुनेहरुको पालो कुरेर बसेका हुन्छन् मानिसहरु । मष्तिष्क मृत्यु भएका व्यक्ति आईसीयुमा रहेको बखत त्यसको आँखा, फोक्सो, मुटु, कलेजो, मृगौलालगायतका अंगहरुले काम गरिरहेको हुन्छ । त्यतिखेर मष्तिष्क मृत्यु भएको व्यक्तिका परिवारले स्वीकृति दिएको खण्ड ती अंग दान गर्न सकिन्छ । हामीले विश्वसनीय व्यवस्थापन गर्न सक्नुपर्छ । किनभने मष्तिष्क मृत्यु भएको व्यक्तिको परिवारलाई विश्वस्त पार्न सक्नुप¥यो । किन मान्छेले अंग दान गर्दैनन् ? यसै पनि लगेर जलाएर खरानी बनाउने हो भने त्यो अंगले कसैलाई जीवनदान मिल्छ भने किन दान गर्दैनन् ? त्यो खरानी हुने अंग मुटुले कसैको मुटु चल्छ, कसैको फोक्सो चल्छ, कसैको मृगौला चल्छ, कसैको कलेजो चलेर कुनै व्यक्तिले जीवन दान पाउछ । हामीले गर्नुपर्ने बेला आयो । एउटा त रोगको रोकथाम, रोगको रोकथाम सरकारले गर्ने होइन, डाक्टरले गर्ने होइन, अस्पतालले गर्ने होइन, प्रत्येक व्यक्ति आफैले गर्नुप¥यो । दोस्रो कुरा मष्तिष्क मृत्यु भयो भने अंग दान गर्न हामी तयार हुनुप¥यो । यसले हामीलाई के गर्छ भने भोलि जति व्यक्तिको मृगौला अरु अंगहरु चाहिएको छ भने अंग दानको सर्टेज हँुदैन । पूरै रुपमा सर्टेज हटाउन नसकिएला तर अधिकांश रुपमा धेरै सहज वातावरण बन्छ । यो नै एउटा विकास हो । विकासतिर लम्किने क्रममा सबैजना मिलेर जानुपर्ने अनुरोध गर्दछु । 

सम्बन्धित समाचार