सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

17.8k Shares

काठमाडौं, २२ असार । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । 


एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको हो ।  शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गरेकाक छन् । 
newskarkahna-news538310..jpg

सम्बन्धित समाचार