शाहरुख खानको अमेरिकामा दुर्घटना

15.9k Shares

काठमाडौँ, १९ असार । बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनका नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो । 

हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ । चोट खासै गहिरो नभएको बताइएको छ । तर शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटना बारे कुनै आधिकारिक बयान भने जारी  गरिएको छैन । 

रिपोर्टका अनुसार चोट लागेका कारण शाहरुखको नाकबाट रगत बग्न थालेको थियो । भारतीय सञ्चार माध्यम आजतकले उनी आफ्नो घर मन्नत फर्किसकेको र आराम गरिरहेको बताएको छ । शाहरुख खानले हालै फिल्म पठानबाट धमाकादार फिर्ती गरेका थिए । उनको नयाँ फिल्म जवान चाँडै नै रिलिज हुँदैछ । 

सम्बन्धित समाचार