हेटौडाकाे वानिया टोलमा शनिदेवको मूर्ति स्थापना

25.1k Shares

हेटौडा/हेटाैडा पिप्लेकाे वानिया वडा नम्बर ५ अवस्थित श्री रक्षादेवी मन्दिरमा आज असार १७ गते आइतबार शनिदेवको मुर्ति स्थापना भएको छ । बेलुकी करिब ५ बजे असंख्य भक्तजन तथा स्रस्ताहरुको उपस्थितिमा शनिदेवको मुर्ति स्थापना भएको हो ।

एक हात लामो उक्त शनिदेवको मुर्तिलाई नेपालीमुलका बेलायतवासी राजेश मानन्धर (राजेश एकल)ले स्थापना गर्न लगाएका हुन् । वहाँले मुर्तिसंगै घन्टी पनि मन्दिरमा राख्नल़ाई सहयोग गर्नु भएको छ । मुर्तिको उदघाटन वडा अध्यक्ष सुशील घिमिरेको हाताबाट भएको थियो भने विशेष सहयोग राम विडारिले गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य ज्ञानु थापा लगायत विजय भण्डारी, तथा अन्य भद्रभलादमी भक्तजनहरूको वाक्लो उपस्थिति रहेकाे थियो ।

मुर्तिल़ाई बिधिबत् रुपमा स्थापना गर्न एकलका दिदि भिनाजु बद्रि बहादुर श्रेष्ठ/सावित्री मानन्धर र बहिनी शान्ती मानन्धरले सहयोग गर्नु भएको थियो । राजेश एकल नेपाली संगीतका बरिस्ठ शब्द रचयिता, गायक तथा संगीतकार हुनुहुन्छ । वहाँले समयसापेक्ष यस्ता उल्लेखनीय कार्य गर्दै समाजमा टेवा पुर्याउँदै आइरहनु भएकाे छ ।

FB_IMG_1688313999555.jpg

FB_IMG_1688314003913.jpgIMG-20230703-WA0013.jpgFB_IMG_1688314026301.jpgFB_IMG_1688314031815.jpgFB_IMG_1688314054778.jpg

 

 

सम्बन्धित समाचार