सङ्कटालाई हराउँदै एनआरटी राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लियाे

4.2k Shares

काठमाण्डाै – सङ्कटा एफसीलाई हराउँदै न्युरोड टिम (एनआरटी) राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा एनआरटीले सङ्कटालाई ३–१ गोलले हरायो । एनआरटीका क्रितिश रत्न छिन्जु र टिमोटी ओकेरेकेले १/१ गोल गर्दा १ गोल उपहारका रूपमा पायो । सङ्कटाका कृष्णबहादुर आलेले गोल गरे ।

प्रतियोगितामा एनआरटीको यो लगातार चौथो जीत हो । एनआरटीले ५ खेलमा १२ अङ्क जोडेको छ । सङ्कटा लगातार दोस्रो हारसहित ५ खेलमा ५ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

यस्तै आजको अर्काे खेलमा चर्च ब्वाइज युनाइटेडले नव जन जागृति क्लबलाई ६–१ गोलले हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सम्बन्धित समाचार