सरकारले ऋण लिनु खराब होइन : अर्थमन्त्री महत

18k Shares

काठमाडौं, १७ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण खराव नभएको र लिएको ऋणलाई सरकारलर् प्रतिफल हासिल गर्ने क्षेत्रमा खर्चिनु पर्ने बताए ।

प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथि छलफलको क्रममा ऋण लिनु नै खराब नभएको बताउँदै उनले सरकारले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण हुने जानकारी दिए ।

यथार्थ धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारिएको अर्थमन्त्रीको भनाइ छ । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन हुने उनको भनाइ छ ।

वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा तयार पारेको उल्लेख गर्दै अर्थमन्त्री महतले आन्तिरक ऋण ४.६ प्रतिशतमात्र लिने निर्णय गरेको जनाए ।

सम्बन्धित समाचार