बागमती प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता

15.5k Shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिने तीन मन्त्रीमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटनमन्त्री अरूण नेपालले सामूहिक राजीनामा दिएका हुन् ।

आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

सम्बन्धित समाचार