छिट्टै मन्त्री नियुक्त गर्दै ओली

16k Shares

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै नयाँ मन्त्रीहरु नियुक्ति गर्ने भएका छन् ।   परराष्ट्रमन्त्री तथा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी गराएका हुन् ।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकपछि ज्ञवालीले सो जानकारी दिएका हुन् ।
‘अब पहिलो काम संभवतः मन्त्री नियुक्तिकै हुनेछ,’ ज्ञवालीले भने ।
पार्टी विभाजनतर्फ गएपछि ओली सरकारमा रहेका सात जना मन्त्रीले राजीनामा दिएका थिए । तिनै रिक्त पदमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्ति गर्न लागेका हुन् ।

सम्बन्धित समाचार