डडेल्धुराबाट अवैध काठ बरामद

19.4k Shares

डडेल्धुरा, १२ असार । डडेल्धुराबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

मंगलबार बिहान पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अवैध काठ बरामद गरिएको हो । से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ ।

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।

सम्बन्धित समाचार