ललिता निवास प्रकरणः पक्राउ पर्नेमा भाटभटेनीका मालिक देखी मालपोतका हाकिमसम्म

17.9k Shares

काठमाडौं, १२ असार । ललिता निवास प्रकरणको फाइल खोलिएको छ । गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।

फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।

सम्बन्धित समाचार