17.6k
Shares
जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाम तय भएको छ । आज प्रदेशसभा सचिवालयमा भएको निर्वाचनबाट जनकपुरधाम स्थायी राजधानी तय भएको हो । संसदीय विशेष समितिको निष्कर्ष अनुसार अहिले भएको निर्वाचनमा जनकपुरधाम राजधानीको पक्षमा उपस्थित ९९ मध्ये ७८ मत प्राप्त भएको छ । यो दुई तिहाइभन्दा बढी मत भएको हुनाले सभामुख सरोज कुमार यादवले राजधानी जनकपुरधाम घोषणा गरे ।
जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना तोकिएको छ ।