एम्स इन्टरनेशनल कलेजबाट विद्यार्थीहरुलाई चित्लाङ भ्रमण आयोजना (तस्बीरसहित)

26k Shares

ललितपुर/लगनखेल अवस्थित एम्स इन्टरनेशनल कलेजबाट बिबिएस प्रथम बर्षका विद्यार्थीहरु र शिक्षक सहितको टोलीले चित्लाङ भ्रमण गरेका छन् । असार ८ र ९ गते (दुई दिन) आयोजना गरिएको उक्त  शैक्षिक भ्रमण 1N/2D दिनको रहेको थियो ।
भ्रमणका क्रममा विद्यार्थीहरुले चन्द्रागिरी, चित्लाङ र मार्खुको बारेमा शैक्षिक अवलोकन गर्ने मौका प्राप्त गरेका थिए भने भ्रमणमा उनीहरुले काठमाडौँ उपत्यकाबाट देखिने अग्ला टाकुराखोलालाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । 
त्यस्तै उनीहरूले चित्लाङमा राजकालिन दरबार, कृषि व्यवसाय, नासपाती व्यवसाय, भेडा बाख्रा पालन आदिको बारेमा पनि अध्ययन गरेका थिए ।
भ्रमणमा विद्यार्थीहरुले आलु बखडाबाट उत्पादित जाम र वाइनका बारेमा जानकारी प्राप्त गरेका थिए भने विद्यार्थीहरुसमक्ष समूह निर्माण, नेतृत्व विकास, अनुशासन, स्रोत परिचालन तथा व्यवसाय लक्षित गर्ने विभिन्न कार्यक्रमहरु संचालन गरिएको थियो ।

IMG-20230626-WA0009.jpgIMG-20230626-WA0007.jpgIMG-20230626-WA0006.jpgIMG-20230626-WA0008.jpgIMG-20230626-WA0005.jpgIMG-20230626-WA0003.jpgIMG-20230626-WA0000.jpgIMG-20230626-WA0002.jpgIMG-20230626-WA0001.jpg

सम्बन्धित समाचार