ललितपुर । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्र तिम्सिनाले आफूलाई असहयोग गर्ने कार्यसमितिका सदस्य, जिल्ला शाखाका सभापती एव कर्मचारीहरुलाइ कार्तिक सम्ममा नरसंहार गरि दिने बताएका छ्न । रेडक्रसको केन्द्रिय समितिको बैठक उद्घाटन गर्दै उनले त्यस्तो तुच्छ शब्दको प्रयोग गर्दै धम्की दिएका हुन् । मानवीय संस्थाको अध्यक्ष भएर मानव हत्याको अर्थ लाग्ने गरि आएको अभिव्यक्तिप्रति सहभागीहरुले खेद जनाएका छन् ।
प्रधानमन्त्री के पि ओलिको ठाडो आदेशमा मनोनित भएका तिम्सिना सरकारको अवस्था नाजुक हुन थाले पछि पूर्व माओवादी र माधव नेपाल समर्थितहरुलाइ धम्काउन थालेका छ्न ।
रेडक्रस उत्थानका नाममा तिम्सिनाको नेतृत्वमा आएका तत्कालीन नेकपा समर्थितहरुले ठूलो आर्थिक बिचलन गर्न समेत शुरु गरेका छ्न । रेडक्रसको छानबिन समितिलाइ पारिश्रमिक दिने नाममा काठमाडौ जिल्ला प्रशासनका प्रमूख लगायत संघ संस्था हेर्ने सुजन फागो लिम्बु एव नेकपा समर्थक कर्मचारीहरुलाइ ८ लाख नजराना चढाएका छ्न ।
कोकोकला फाउन्डेसनले उपलब्ध गराएको भ्यन्टिलेटर वितरण गर्न जाने वहानामा अस्वभाविक खर्छ गरेका छन् । केन्द्रलाई नेकपाको अखाडा बनाएर दैनिक रुपमा १० औ हजारको खाजा खाने गरेका छन् ।
अहिलेकै जारि बैठकमा समेत नेकपा समर्थितलाइ ५ दिनदेखी अनावश्यक रुपमा होटल भृकुटी भ्यूमा राखेर दैनिक ८ हजारका दरले भत्ता उपलब्ध गराइदै छ । लेखाका कर्मचारीका अनुसार यस बैठकका लागि कोषाध्यक्ष सिताराम कोइरालाले ११ लाख माग गरेका छन् ।
सरकारमा गएका कम्युनिस्टले देश लुट्ने र रेडक्रसमा आएका कम्युनिस्टले संस्था लुट्न थालेको त्यहा कार्यरत कर्मचारी बताउँछन् ।