17.4k
Shares
काठमाडौँ । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि ३ अर्ब २१ करोड बढीको बजेट ल्याएको छ । बुधवार वीरगन्ज महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा कुल बजेटमा ३ अर्ब २१ करोड, ३५ लाख ४४ हजार रहेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत र वित्तीयतर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत रहेको छ ।