20k
Shares
काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले नगरभित्रका हलहरूमा भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको छ। भारतीय फिल्म ‘आदिपुरुष’ भएको विवादित संवाद भारतमा नहटाएपछि महानगरले काठमाडौंमा चल्न नदिने तयारी अघि बढाएको हो।
महानगरपालिका स्रोतका अनुसार आइतबार हलहरूमा नगर प्रहरी पुगेर भोलिबाट चलचित्र नचलाउन निर्देशन दिएको छ। मेयर बालेन्द्र शाहले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन आग्रह गरेका थिए।
