पत्रकार बिमल नेपालको उपन्यास ‘पिपला’ सार्वजनिक

18.5k Shares

काठमाडौं, २ असार । पत्रकार विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो। लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारी संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन 

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ । पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताएका छन । ‘पोहोर हर्टअट्याक हुँदा किताब आउँदैन जस्तो लागेको थियो। तर, बाचियो र किताब आयो,’ उनले भने । 
 

सम्बन्धित समाचार