18.8k
Shares
वीरगञ्ज – रौतहटमा करेन्ट लागेर शुक्रबार राति २ जनाको मृत्यु भएको छ। करेन्ट लागेर मृत्यु हुनेमा रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोलका २५ वर्षीय अरुण साह र २६ वर्षीया सितावी पण्डित रहेको प्रहरीले जनाएको छ।
शुक्रबार राति साढे आठ बजे आफ्नै घरको आँगनमा रहेको ट्युबेलमा विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो। साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो। दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले मृत घोषित गरेका प्रहरीले जानकारी दिएको छ।