जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा 

16.1k Shares

काठमाडौं  । नेपाली कांग्रेसका नेता गगन थापाले जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन् । थापाले मन्त्रिपरिषदले संसद् विघटन गर्ने सिफारिस गरेसँगै नेकपालाई जनताले पाँच वर्षको लागि दिएको मतको वैधता सकिएको बताएका हुन् ।  थापाका अनुसार संविधानमा पाँच वर्ष संसद् चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ। 
संविधान विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेको थापाले बताएका छन् । उनले भनेका छन्, ‘यो निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ ।’ आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेको छ ।  

सम्बन्धित समाचार