एसपी श्रेष्ठले तस्करी गरेको पुष्टि हुँदा पनि जोगाउने खेल

17.6k Shares

नेपालगंज । सशस्त्र प्रहरी बलका एक जना एसपीलाई तस्करी गराएको पुष्टि भए पछि पनि कारवाही नगरी जोगाउने खेल भएको छ । विडम्बना नै मान्नुपर्छ कि सशस्त्र प्रहरी बलमा पछिल्लो समय दण्डहीनता मौलाउंदै गएको छ । जसको पछिल्लो कारण हो बारम्बार तस्करी गराएको पुष्टि भए पनि ती एसपीलाई जोगाउनु । भालुबाङ स्थित सशस्त्र प्रहरी बलको गणका एसपी गोपाल श्रेष्ठले ४ वटा फ्रिज भन्सार नतिरी तस्करी गराएको प्रकरण । जागिरको अन्ततिर आएका एसपी श्रेष्ठले आफ्नो यो पोष्टिङलाई कमाउनको लागि उपलब्धिमूंलक बनाउन तस्करी धन्दा गराउदै आएको घटना त्यतिबेला मात्रै सार्वजनिक हुन पुग्यो जतिबेला भन्सारका नासुलाई सहिनसक्नु भयो ।
एसपी श्रेष्ठले कोइलावास स्थित प्रस्तावित गुल्मको डिएसपी शेखर दवाडी र आफ्नो घुमुवा कमान्डरको रूपमा परिचालन गरेका सई दिलिप डांगीलाई प्रयोग गरेर कोइलावास नाकाबाट तस्करी नै गर्ने रहेछन् । कहिले एसी , कहिले फ्रिज गरेर बारम्बार एसपीले गुल्मका डिएसपी दवाडी मार्फत भन्सारका सुब्बालाई दबाब दिएर सामान ल्याउने , भन्सार नतिर्ने र ती तस्करीका सामान सई दिलिप डांगी मार्फत सम्बन्धित ठाउँमा पुर्याउने काम गराउंदै आएका रहेछन् । एक दुईवटा सामान सशस्त्रका एसपीले भनिहाले भनेर भन्सारका नासुले पनि राजश्व नै नलिई छोडि दिएछन । तर बारम्बार एसी र फ्रिज एसपी सापको भन्दै डिएसपीले सिफारिस गर्ने, सई भन्सारमा धर्ना दिने र हँुदैन भने स्वयं एसपीले नै बारम्बार फोन गरेर दबाब दिन थालेपछि आजित भएका भन्सारका सुव्बाले गृहमन्त्री नारायण काजी श्रेष्ठदेखि भन्सार बिभागसम्म फोन गरेर सबै कुराको जानकारी गराएपछि मन्त्री श्रेष्ठले तुरुन्तै सशस्त्र आइजिपी राजु अर्याललाई भनेपछि एसपी श्रेष्ठ, डिएसपी दवाडी र सई दिलिप डांगीलाई कार्यरत स्थानबाट हटाएर लुम्बिनी प्रदेश स्थित बाहिनीमा तानिएको छ । तर उनीहरूलाई कुनै कारबाही भने गरिएको छैन । जबकि उनीहरूले गरेको कामको प्रकृतिलाई हेर्ने हो भने तुरुन्त निलम्बन गर्नुपर्ने अवस्था हो ।
तर उनीहरूलाई जोगाउने खेल भैरहेको छ । सशस्त्र मुख्यालयबाट अनुगमनमा गएर सीमावर्ती क्षेत्रमा खटिएका सिपाहीको खल्तीमा डेढ, दुई सय भेटियो भनेर गणपतिलाई मुख्यालय तान्ने काम विगतमा भएको थियो । तर अहिले एसपीले घरायसी प्रयोजनको लागि मात्रै नभई बारम्बार पसलमा राख्नका लागि नै झैं गरि फ्रिज र एसीको तस्करी गरेको पुष्टि हँुदाहुँदै पनि उनलाई जोगाउनुको अर्थ के हो ? यसले संगठनमा कस्तो सोच र असर पर्छ ? अनि कसै प्रतिपुर्वाग्रह भएर काम गरिदो रहेछ भन्ने सन्देश बाहिर प्रवाह हुन्छ कि हुदैन ? यस्ता गम्भीर प्रश्न अहिले उठेका छन् । यसअघि पनि सशस्त्र मुख्यालयको अनुगमन शाखाका डिएसपी सुदिप रेग्मीले आंफुले प्रयोग गर्ने भनेर मुख्यालयमा बुझेको मोटर साइकल मेनपावर चलाउने भाइ प्रमोद रेग्मीलाई लामो समयदेखि प्रयोग गर्न दिएको कुरा प्रमाण सहित सार्वजनिक हुदां पनि कुनै कारबाही त परै जावोस कुनै सोधपुछ समेत भएन । यस्ता प्रकरणले सशस्त्र प्रहरीमा गुटबन्दी बढेको र दण्डहीनता मौलाएको पुष्टि हुन्छ ।

सम्बन्धित समाचार