प्रशिक्षक कविराज नेगी लामाले नेपाल पारा तेक्वान्दो टोलीको प्रशिक्षण जिम्मेवारी सम्हाल्दै आएको झण्डै सात वर्ष वितिसकेको छ । यही क्रममा लामाले पारा तेक्वान्दोको लेवल—२ प्रशिक्षण कोर्ष उत्तीर्ण गरेका छन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेशनको आयोजनामा मंसिर १९ गतेदेखि २१ गतेसम्म संचालन भएको अनलाइन लेबल—२ कोर्ष उत्तिर्ण गरेका हुन् । यो कोर्ष पूरा गर्ने लामा एक्लो नेपाली प्रशिक्षक पनि हुन् । यस अघि लामाले गत असोजमा लेबल —१ परीक्षामा पनि सफलता हात पारेका थिए । विश्व तेक्वान्दोले जारी गरेको गाल लाइसेन्स, राष्ट्रिय प्रशिक्षकमा कम्तीमा एक वर्षको अनुभव र वल्र्ड तेक्वान्दोको आयोजनामा भएको कुनै एक प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेको प्रावधान रहेका कारण नेपालबाट कविराज नेगी लामा मात्र सहभागी भएका थिए । लामासँग पारा तेक्वान्दोका खेल र खेलाडीको विषयलाई लिएर गरेको संक्षिप्त कुराकानी ः
० पारा तेक्वान्दो खेल कस्तो खाले खेल हो ?
पारा तेक्वान्दो विशुद्धरुपमा शारीरिक रुपमा अशक्त खेलाडीहरुले खेल्ने खेल हो । यो खेल विश्व तेक्वान्दोले सन् २०१४ मा नेपाललाई मान्यता दिएको हो । यो खेलले छोटै समयमा विश्वमा नेपालको नाम चिनाउन सफल बनिसकेको छ ।
० शारीरिक अशक्त भन्नाले कस्ता व्यक्तिहरु पर्छन् ?
पारा तेक्वान्दोमा विशेष गरी यसमा दुई प्रकारका खेल हुन्छन्, पुम्से विद्या र खेरुगी विद्यामा प्रतिस्पर्धा हुन्छ । यी दुई विद्यामा खेलाइने खेलहरु मध्ये पुम्सेमा पी—१०, पी—२०, पी—३०, पी—४०, पी—५०, पी — ६० र पी—७० को क्याटोगोरी छुटाइएको हुन्छ । यही क्याटोगोरीको आधारमा प्रतिस्पर्धा गराइन्छ । पी—१० विधामा दृष्टिविहीनहरुले प्रतिस्पर्धा गर्छन्, पी— २० विद्यामा प्रतिस्पर्धा गर्ने खेलाडी सुस्त मनस्थिति भएका व्यक्तिले खेल्ने खेल हो । पी—३० विधामा न्युरोलोजिकलमा समस्या देखिएका खेलाडीहरुले प्रतिस्पर्धा प्रतिस्पर्धा गर्छन् । पी—४० विधामा अंगभंग भएका खेलाडीहरुले प्रतिस्पर्धा गर्छन्, पी—५० विधामा खेलाडीहरुले ह्वीलचियर प्रयोग गरेर प्रतिस्पर्धा गर्छन्, पी—६० विधामा कान नसुन्ने खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् भने पी—७० मा सर्ट स्ट्याक्चर भएका खेलाडीहरुले प्रतिस्पर्धा गर्छन् । त्यस्तै, खेरुगी (स्पायरिङ) तर्फ के—४० अन्तर्गत चारवटा ४१, ४२, ४३ र के—४४ क्याटोगोरी पर्छ । के—४१ क्याटोगोरीमा दुईवटै हात कुमदेखि नै गुमेका खेलाडीहरु हुन्छन्, के—४२ मा एउटा हात पुरै भएको र अर्को हात कुमदेखि नै नभएको खेलाडीले खेल्छन्, के—४३ मा दुईवटै हातको कुहिनोभन्दा तल नभएका खेलाडीहरुले खेल्छन् भने के— ४४ मा एउटा हातको कुहिनोभन्दा तलको भाग नभएको खेलाडीले खेल्ने गर्छन् । यो खेल अफिसियलीरुपमै मान्यता प्राप्त गरिसकेको छ । यो खेल आगामी २०२१ मा हुने टोकियो ओलम्पिक गेममा पारा तेक्वान्दो समावेश गरिएको छ । 
० यसरी शारीरिक रुपमा असक्तहरुलाई कसरी टे«निङ गराउनुहुन्छ ?
ट्रेनिङ गराउने भन्ने विषय दोस्रो पाटो हो । पहिलो पाटो भनेको खेलाडीहरु खोज्नुपर्ने अवस्था छ । कतिपयलाई त शारीरिक रुपमा असक्तहरुले हामीले पनि खेल्न सक्छौं र भन्ने पनि विश्वास नभएको हुन सक्छ । सोही कारण पनि नेपालमा पारा तेक्वान्दोका लागि तालिम तथा प्रशिक्षण गराउन खेलाडीहरु खोज्नुपर्ने अवस्था अहिले छ । यो अवस्था आउनु भनेको अशक्तले पनि खेलकुदमा लाग्न सक्छन् भन्ने जानकारी राज्यले देशका कुना कुनामा पु¥याउन नसक्नुको कारण हो । राज्यले यसलाई विशेष महत्व दिई देशको कुना—कुनामा शारीरिक रुपमा अशक्तहरुले पनि खेलकुद क्षेत्रमा लाग्न सक्छन् भन्ने सन्देश पु¥याउनुपर्छ, अनि मात्र पारा तेक्वान्दोमा खेलाडीहरु आकर्षित हुनुका साथै खेलाडीहरु उत्पादन गर्न सकिन्छ । तालिम गराउने विषयमा भने पहिला प्रशिक्षणका लागि आउने खेलाडीहरुलाई तेक्वान्दो सम्बन्धी वेसिक नलेजको जानकारी गराइन्छ । उसले कुन क्याटोगोरीमा खेल्न सक्छ सोही अनुसार पहिचान गरी प्रशिक्षण गराउने गरिन्छ । आत्मविश्वासका लागि मनोबल बढाउने काम गराइन्छ । शारीरिक रुपमा असक्त भएका कारण उनीहरुको स्याहारसुसार गर्नुपर्ने देखि लिएर विदेशमा लाँदा विभिन्न चुनौतिको सामना गर्नुपर्ने हुन्छ । खेलाडीलाई आफैले खाना खुवाउनुका साथै जुत्तामोजा, दिसापिसाव, पसिना पुच्छे, नुहाइदिनेलगायतका सम्पूर्ण कार्यहरु प्रशिक्षकले नै गर्नुपर्छ । अझ अन्तर्राष्ट्रियस्तरको खेल खेल्न जाँदा खेलाडीहरुलाई प्लेनमा चढाउने, ओराल्ने, लगेज बोक्नेसम्मका कार्यहरु प्रशिक्षकले नै गर्नुपर्ने हुन्छ । अन्य मुलुकका खेलाडीहरुको हकमा भन्ने हो भने प्रशिक्षकले प्रशिक्षणमात्र दिने, अन्य गतिविधिमा सहयोग पु¥याउनका लागि त्यस्तै खाले मान्छे खटाउने गर्छ । पछिल्लो समय पारा तेक्वान्दोले नेपालको नाम विश्वसामु चिनाउन सफल बनिसकेको छ । पारा तेक्वान्दोले २०१४ मा भएको यादव कुँवारले दुईवटा पदक तथा सिता भण्डारी र रञ्जना धामीले विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक ल्याउन सफल बनिसकेका छन् भने अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा गरी १३ वटा पदक ल्याउन सफल बनिसकेको छ । आगामी जापानको टोकियोमा हुने पारा ओलम्पिकमा पनि हाम्रा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । सो गेममा पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने खेलाडीहरुले पदक ल्याउने आशा गरिएको छ । यस्तो खेल र खेलाडीका लागि चाहिने पूर्वाधारहरु राज्यले पूरा गरेको छैन ।
० पारा तेक्वान्दो विकासका लागि सरकारले कस्ता योजनाहरु ल्याउनु जरुरी छ ?
अहिलेसम्म पारा तेक्वान्दोलाई सरकारले खासै चासोपुर्वक हेरेको छैन । बरु तेक्वान्दो संघ र पारा तेक्वान्दो कमिटीका संयोजक काशिमिया धोवी र सचिव दिपक विष्टले पारा तेक्वान्दो खेलको विकास र विस्तारका लागि सहयोग गर्दै आइरहनुभएको छ । वास्तवमा विश्वसामु नेपाललाई चिनाउने खेल भनेको अहिलेको वर्तमान अवस्थामा पारा तेक्वान्दो खेल नै हो । यस्तो खेललाई पनि खेलकुद क्षेत्रको विकास गर्न भनी अगाडि बढेकाहरुको आँखा नलाग्नु भनेको देशको नाम विश्व सामु चिनाउने खेलाडीहरुको मनोबल खस्काउने काम गरेको बुझ्न सकिन्छ ।
० यस्ता खेलाडीहरुलाई प्रशिक्षणका लागि चाहिने सामाग्री कसरी उपलब्ध गराइएको छ ?
तेक्वान्दो संघले नियमित प्रशिक्षणका लागि आएका खेलाडीहरुलाई दैनिक यातायात खर्च भनेर एक सय रुपैयाँ दिने गरेको छ । पारा कमिटी र नेपाल तेक्वान्दो संघले तेक्वान्दो ड्रेस, जुत्ता, ट्रयाकसुट र अन्तर्राष्ट्रिय प्रतियोगिमा प्रतिस्पर्धा गर्नको लागि चाहिने सम्पूर्ण सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ ।
० कति जना खेलाडीहरु नियमित प्रशिक्षणका लागि आउँछन् ?
अहिले नियमित १५ जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । ह्वील चियरबाट खेल्ने खेलाडीहरुलाई उनीहरुकै संस्था सानोभ¥याङमा गएर प्रशिक्षण दिने गरेको छु । अन्य खेलाडीहरुलाई नेपाल तेक्वान्दो संघको हलमा तालिम दिने गरेको छु ।