कब्जियत कारण र निवारण के हो ?

25.1k Shares

वास्तवमा कवास्तवमा कब्जियत भनेको २४ घण्टामा एक पटक खलास महशुस हुनेगरी दिसा नहुनु हो । यसको अर्थ हो दैनिक दिसा भएपनि यदि खलास महशुस हुने गरी दिसा हुँदैन भने त्यो कब्जियतको अवस्था हो । दैनिक दिसा नहुनु त स्वतः कब्जियत नै हुन्छ । दैनिक एक पटकभन्दा बढी पटक दिसा हुन्छ र दिसा हुँदा खलास महशुस हुँदैन भने र दिनको धेरै पटक दिसा भएपनि त्यस अवस्थालाई कब्जियतको अवस्था भन्नु पर्छ । कब्जियत भएको छ कि छैन भनेर चेक गर्ने तीनवटा माध्यम छन् ।
१. सेल जस्तो बाधिएको नरमखालको दिसा ३ देखि ५ मिनेट  भित्र खलास महसुस हुने गरी मलद्वारवाट निस्कछ भने ।
२. मलद्वारमा च्यापच्याप लागेको छैन भने ।
३. दिसा एकदमै गन्हाएको छैन भने ।

यी ३ वटा कुरा मिलेको छ भने कब्जियत भएको छैन भनेर बुझ्नुपर्छ । कब्जियत हुनुको कारण ः
अनुचित आहारको कारण ः
—    आहार अनुचित हुनु कब्जियतको प्रमुख कारण हो । छोक्रा बोक्रा नभएका मिहिन र अनावश्यक रुपमा प्रशोधन गरिएका मैदाजन्य आहार, सेतो चामल, माछा, मासु, अण्डा र दुग्ध पदार्थ, चिल्लोमा तारे भुटेका कुरा आदि कब्जकारी आहार हुन् ।
—    राम्रोसँग पानी नपिउनु, अन्य समयमा आवश्यक पानी नपिउनु, दुई खानाको अन्तर ४ देखि ५ घन्टाभन्दा कमहुनु, कुचुकुचु खाईरहने बानी आदि कब्जियतको कारण हुन् ।

अनुचित विहारको कारण ः
खाना खाने वित्तिकै वा बिहान उठ्ने वित्तिकै उत्तेजक गतिविधि वा धपेडी गर्नु, खाना खाने वित्तिकै सुत्नु, दिसा गर्दा बलगर्नु (कन्नु) आदि । बेलुकी अबेर सुत्ने, बिहान अबेर उठ्ने बानीले पनि चर्को कब्जियत हुनसक्छ । 


अनुचित विचारको कारणः
राम्रोसँग निदाउन नसक्नु, राती वा बिहान उठ्नासाथ चर्को चिन्ता गर्नु, अन्य समयमा पनि मन अशान्त भईरहनु, रिसाइरहनु जस्ता अनुचित विचारले चर्को कब्जियत हुन जान्छ ।


कब्जियतले कसरी रोग लगाउँछ ?
हामी जे खान्छौ त्यसको पाचनपछि जुन मल बाँकी रहन्छ त्यो समयमा शरीरबाट ननिस्कनुलाई नै कब्जियत भनिन्छ । समयमा निस्कन नसक्ने मल भित्रै रहेर कुहिनु बाहेक केनै हुन्छ र ? मल कुहेपछि दुर्गन्ध पैदा हुन्छ र त्यहाँबाट ग्यास उत्पन्न हुन्छ जुन बिष जस्तै हुन्छ । त्यो बिषमय ग्यास शरीरको सम्पुर्ण अंगमा पुग्ने प्रयास गर्दछ र ती अंगमा वाधा पु¥याउन थाल्दछ । यति मात्र होईन, मल रहने जुन आन्द्रा हो त्यसमा सोसेर लिने विचित्रको शक्ति हुन्छ । जबसम्म मल आन्द्राले सोसिरहन्छ । जव मल कुहिन्छ आफ्नो स्वभाव अनुसार आन्द्राले त्यसको बिष पनि चुस्न बाध्य हुन्छ । त्यसरी रगत फोहोर भई सबै अंगका कामलाई शिथिल गर्छ रोगी बनाउँछ, यसरी यो चक्र कैयौ दिन, महिना र बर्षौ चल्छ र शरीर रोग ग्रस्थ हुँदै जान्छ । त्यसैले कब्जियतका मुख्य लक्षणहरुमा ः 
–शरीर लोसे हुने ।
–पेट भारी हुने ।
–टाउँको दुख्ने ।
–निन्द्रा राम्रोसँग नलाग्ने ।
–दिमाख  ठीक नरहने ।
–भोक कम मात्र हुने होइन कि,
–अनेक रोग पैदा गर्नुको साथसाथै जतिपनि रोग छन् ती सबैको मूलकारण पनि यहि नै हो त्यसैले  कब्जियतलाई सबै रोगको जननी भनिन्छ ।
 

कब्जियतको निवारणः
— छोक्रा, बोक्रा, रेशासहितको प्राकृतिक आहार जस्तै प्रकृतिको चुल्होमा पाकेका फलफुलहरु, हरियो तरकारीहरु, नफलेको चामल, प्रशोधन नभएको गहँु, आँटा सबै किसिमका पुर्ण अन्नहरु यी सबै उचित आहार हुन् ती नियमित समयमा ठीक मात्रामा, ठीक अनुपातमा शान्तसँग चपाई चपाई खाँनु । 
— च्याप च्याप लाग्ने बढी चिल्लो तारेभुटेका चीज घ्यु तेल जस्ता चिज नखाँनु या कम मात्र खाँनु ।
— माछा, मासु, अण्डा, दुधपदार्थ र मैदा जन्य पदार्थ बढी नखाँनु वा खाँदै नखाँनु ।
— उठ्ने बितिकै १ लिटर मनतातो पानी खाँनु, खाँनासँगै पानी नखाँनु, खानाको  १ घन्टा पछि घण्टामा १ गिलासका दरले पानी खाँनु । दिनभरिमा जाडोमा साँढेदुई लिटर, गर्मी महिनामा साँढेतीन लिटरको हाराहारीमा पानी लिने ।
— खाना खाँदा शान्त रहनु, धपेडी वा उत्तेजक गतिविधि नगर्नु ।
— बिहान उठ्ने बेलामा र उठ्नासाथ उत्तेजक गतिविधि नगर्नु ।
— राती राम्रोसँग निदाउँनु । 
— खाँना खाँने बित्तिकै नसुत्नु, खाना पछि कम्तिमा १ देखि ३ घण्टाको फरक हुनु राम्रो ।
— ठोस खाँनासँग जस्तै दाल, दुध, जुसजस्ता झोल आहार नलिनु ।
— उठ्नासाथ चिन्तामा नडुब्नु ।
— दिसा गर्दा नकन्नु ।
— अति चर्को कब्जियतको समस्या हुँदा मलद्वारको व्यायाम गर्न सकिन्छ, मलद्वार खुम्चाउने बिहान ट्वाइलेट जानु केहि अगाडि ५—१० पटक गर्ने ।  मलद्वारको व्यायाम गर्दा पनि मलद्वारमा रक्तसंचार प्रकृया सुचारु रुपले भएर कब्जियत खुल्छ । 
— बिहान उठ्ने बित्तिकै दुबै हात रगडेर तातो हत्केलाले सेक्ने विधि (रेकी) गर्दा पनि कब्जियत खुल्न मद्दत गर्छ । 
— बिहान उठ्ने बित्तिकै ४—५ गिलास मनतातोपानी खाएर उध्व ताडासन, तिर्यक ताडासन, कटी चक्रासन, कौवासन र कौवाचाल ३ देखि ५ पटक गर्ने यो चक्र पुरा गरी फेरि १ गिलास मनतातो पानी पिउने र यी व्यायाम ३—४ चोटी गर्दा दिसा खुल्ने संकेत अवश्य नै आउँछ । 
एलोपेथीमा हप्तामा तीन पटक दिसा हुनुलाई सामान्य मानेपनि त्यो मान्यता गलत छ किनभने जसको दैनिक रुपमा दिसा खलास हुँदैन उसले शरीरमा स्वभाविक प्राकृतिक स्फुर्ति महसुस गर्नै सक्दैन र कुनै न कुनै जीर्ण दीर्घ समस्याबाट ग्रस्त भईरहनु पर्ने हुन्छ । प्राकृतिक चिकित्साको मुलभूत सिद्धान्त  ‘सबै रोगको कारण शरीरमा बिकारको संकलन हुनु हो’ त्यो बिकार  कब्जियत भएपछि संकलन हुन थाल्दछ । सबै रोगको निवारण शरीरमा विकारको निष्काशन हुनु हो, त्यो कब्जियत नभए पछि मात्र सम्भब हुन्छ । त्यसैले पूर्णरुपमा स्वस्थ हुन दैनिक उठ्नासाथ खलास महशुस हुने गरी दिसा हुनु नै पर्छ । बिहान खलास भएन भने दिउँसो वा बेलुकीसम्म खलास भएकै हुनुपर्छ ।
 प्रकृति प्रेमी समूह ‘निरोगधामले’ आफ्ना सदस्यहरुलाई निरोगी रहन उचित आहार विहार र विचारको प्रशिक्षण निशुल्क गर्दै आएको छ र  ३ बराबर आहारको आविस्कार गरेको छ । ३ बराबर आहारले दिसा सधै खलास हुने हुनाले शरीरमा फोहोर जम्मा हुने सम्भावना निकै कम हुन्छ । फोहोर जम्मा नहुने भएपछि, कब्जियत नभएपछि मानिस मोटाउँने र फलस्वरुप बिभिन्न जीर्ण दीर्ध रोगहरु लाग्ने संभावना पनि रहँदैन । ३ बराबर आहार भन्नाले ः
– एक दलिय अन्न एक भाग (३३%)
– हरियो तरकारी एक भाग (३३%)
– काँचो सलाद फलफुल एक भाग (३३%)


कब्जियत खुलाउँनको लागि उचित आहार, विहार र विचार नै सही उपाय हो । उचित आहार, विहार र विचार  बाहेक अन्य उपाय रेचक औषधी वा एनिमा कटी स्नान, शंखप्रक्षालन जस्ता उपायले तुरुन्तै कब्जियत खुलाए पनि त्यो स्थायी समाधान होईन, अस्थायी समाधान मात्र हो अस्थायी समाधान प्रयोग गरी दिसा गर्ने प्रयास गर्नु अप्राकृतिक उपाय हुन् । अप्राकृतिक उपाय दीर्घकालिन रुपमा लाभ भन्दा हानी नै गर्दछन् । त्यसैले हामीले कब्जियत नहोस् भन्ने चाहना गर्छौ भने यसको विचार शौचालयमा होइन भोजनालयमा गर्नु जरुरी हुन्छ ।
संसारमा सबभन्दा बढी कब्जियत खुलाउने औषधी बिक्री हुने गर्दछ तर ती औषधीले भिटामिन ए, डी, ई, के को कमी गर्न सक्छ भने औषधी बिना दिसा नहुने बानी पनि पर्न सक्छ जसले गर्दा औषधी बिना कब्ज खुल्ने प्राकृतिक आहारको बाटोतिर लाग्नु नै सबैको कल्याण हुन्छ ।
मानिसको स्वास्थ्य मानिसले गर्ने आहार विहार र विचारसँग घनिष्ठ रुपमा जोडिएको हुन्छ, त्यसैले कब्जियत पनि मानिस गर्ने आहार विहार र विचार सँगै जोडिएको हुनाले आहार विहार र विचारमा कहाँनिर गढबढ भएको हो, त्यो कुरा मिलाएपछि कब्जियतको समस्या पनि सजिलै समाधान हुन्छ । 

कब्जियत खुलाउँने ब्यायामहरुः
पानी पिएपछि ट्वायलेटमा गएर दिसा गर्न बल गर्ने काम नगरिकन निम्न व्यायाम गर्नु उपयुक्त देखिन्छ—
१) सीधा उभिने, दुवै हात टाउकोमाथि लगेर दुवै हत्केला जोड्ने अनि दुवै खुट्टाको पञ्जाको बलले टेकेर टाउकोमाथि जोडिएकोे दुवै हातलाई बिस्तारै स्वास तान्दै माथि तन्काउने, १ देखि ३० सम्म छिटोछिटो गत्रे र बिस्तारै स्वास छोड्दै सामान्य अवस्थामा आउने, एवं रितले पाँच–पाँच पटक गर्ने । (उध्र्व ताडासन)

(२) दुवै खुट्टालाई ३० ईञ्च जति फरकमा राख्ने, अघिजस्तै दुवै हातलाई टाउकोमाथि लगेर जोड्ने, बिस्तारै स्वास तान्ने अनि बिस्तारै स्वास छोड्दै बायाँतिरबाट निहुरिने, त्यसो गर्दा दायाँ पाखुरा दायाँ कानमाथि र बायाँ पाखुरा बायाँ कानमुनि पर्छ र आँखाले सीधा अगाडी हेरिन्छ । बायाँतिर निहुरेर १ देखि १० सम्म छिटोछिटो गत्रे अनि बिस्तारै स्वास तान्दै सीधा हुने । त्यसपछि बिस्तारै स्वास छोड्दै दायाँतिर निहुरिने, त्यसो गर्दा बायाँ कानमाथि बायाँ पाखुरा र दायाँ कानमुनि दायाँ पाखुरा पर्छ र आँखाले सीधा अगाडी हेरिन्छ । त्यस स्थितिमा पनि १ देखि १० सम्म गत्रे र अनि बिस्तारै स्वास तान्दै सीधा हुने । त्यसरी दायाँ–बायाँ पाँच–पाँच पटक गर्ने । (तिर्यक ताडासन)

(३) दुवै खुट्टालाई ३० ईञ्च जत्तिवकै फरकमा राख्ने, बिस्तारै स्वास तान्दै दुवै हातलाई अगाडि छातिको बरोबर हुने गरी सीधा उठाउने, अनि बिस्तारै स्वास छोड्दै बायाँतिर मोडिंदै जाने सकेसम्म १८० डिग्रीसम्म, त्यस स्थितिमा रहेर छिटोछिटो १ देखि १० सम्म गत्रे, त्यसपछि बिस्तारै स्वास तान्दै पहिले कै अवस्थामा फर्कने । त्यसपछि दायाँतिरबाट पनि त्यसै गर्ने । दुवैतिरबाट पाँच–पाँच पटक त्यसो गर्ने । (कटि चक्रासन)
४) दुवै खुट्टालाई १८ ईञ्च जति फटाएर टुक्रुक्क बस्ने, दुवै घुँडामा दुवै हात आफैतिरबाट राख्ने, अनि स्वास बिस्तारै छोड्दै बायाँ घुँडाले दायाँ खुट्टा छुवाउने, कम्मरलाई दायाँतिरबाट मर्काउँदै टाउको पछाडि फर्काउने र पछाडितिर हेर्ने, दायाँ घुँडालाई दायाँ हातले दबाव दिएर बायाँतिर पठाउने, त्यस स्थितिमा रहेर छिटोछिटो १ देखि १० सम्म गत्रे अनि बिस्तारै स्वास तान्दै पहिले कै स्थितिमा फर्कने । त्यसपछि बिस्तारै स्वास छोड्दै दायाँ घुँडाले बायाँ खुट्टा छुवाउने, कम्मरलाई बायाँतिरबाट मोडेर टाउकोे पछाडी फर्काउने र पछाडितिर हेर्ने, अनि बायाँ घुँडालाई बायाँ हातले दबाव दिएर दायाँतिर पठाउने, त्यस स्थितिमा रहेर छिटोछिटो १ देखि १० सम्म गत्रे अनि बिस्तारै स्वास तान्दै पहिले कै स्थितिमा फर्र्कने । दुवैतिरबाट पाँच–पाँच पटक त्यसो गर्ने । (कौवासन)
(५) दुवै घुँडामाथि आफैतिरको हात राखेर दायाँ घुँडाले बायाँ खुट्टा र बायाँ घुँडाले दायाँ खुट्टा छुवाउँदै कौवा हिँडेजस्तो गरी करिब ४० पाइला हिँड्ने । (कौवाचाल)
यी पाँच व्यायामको एक चक्र पूरा गरिसकेपछि पनि दिसा आउँनेजस्तो भरपर्दाे संकेत भएन भने फेरि एक गिलास पानी पिएर व्यायाम क्रम १ देखि ५ सम्मको एक चक्र फेरि गर्ने । ४ देखि ५ चक्र पार गर्दा दिसाको संकेत अवश्य नै आउँछ ।
(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुन्)
 

सम्बन्धित समाचार