सुनको भाउ वृद्धि

18.6k Shares

काठमाडौ, ३०  जेठ ।  नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

साेमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। साेमबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार