‘राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८०’ को लागि नेपाल कफी व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्दै

18.1k Shares

काठमाडौं, २७ जेठ ।  राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८० को लागि नेपाल कफी व्यवसायी महासंघले पत्रकार सम्मेलन गर्ने भएको छ । नेपाल कफी व्यवसायी महासंघले जेठ २९ गते दिउँसो ३ बजे सामाखुशी चोकमा रहेको सेफस् बर्गरमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

नेपालमा राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी पहिलो पटक गर्न लागिएकाले यो विशेष,उपलब्धीमुलक र ऐतिहासिक भएकाले सबैलाई उपस्थित हुन निमन्त्रणा गरिएको नेपाल कफी व्यवसायी महासंघका महासचिव एवम् राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८० को संयोजक सन्तोष पोखरेल बताउँछन् ।

सम्बन्धित समाचार