काठमाडाैँ । सांस्कृतिक कला विकास समूह नेपालद्धारा आयोजित 'जातीय झाँक्री नृत्य तथा विविध सांस्कृतिक एवं सम्मान समारोह कार्यक्रम २०८१' सम्पन्न भएको छ । चलचित्र विकास बोर्डमा आज शनिबार आयोजित उक्त कार्यक्रमा समाज र देशमा योगदान पुर्याएका व्यक्तित्वहरूको कदर गर्दै सम्मान प्रदान गरिएको हो । कार्यक्रममा व्यवसायी, सौन्दर्यविद्, धार्मिक गुरू लगायत दजनौँ स्रष्टाहरूलाइ सम्मान प्रदान गरिएको थियो ।
अपरान्ह १ बजे शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ उपस्थित हुनुहुन्थ्यो भने विशिष्ट अतिथीका रुपमा नेपालका प्रथम चृत्य निर्देशक भैरव बहादुर थापा सहभागी हुनुहुन्थ्यो । नेपालको नृत्य क्षेत्रका सबैभन्दा अग्रणी श्रेणीमा रहेको थापाका सयौं कलाकार नेपाली कला क्षेत्रमा स्थापित भइसकेका छन्। ९२ बर्ष उमेरका थापार्ल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट विभिन्न मानसम्मान तथा प्रतिष्ठाद्धरा सम्मानित गरिसकेको छ । वहाँ २०१० सालदेखिनै नृत्यनिर्देशनमा होमिनुभएको थियो।
करीब २ घण्टाको उक्त कार्यक्रममा आयोजित संस्थाका कोषाध्यक्ष रञ्जु राईले सभापतिको आसन सम्हानुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष दिलबहादुर कटुवालले गर्नुभएको थियो । कार्यक्रममा समाजमा योगदान दिनुभएका अरु विभिन्न स्रष्टाहरुलाई सम्मानपत्रले विभूषित गरिएको थियो भने कार्यक्रममा देशका विभिन्न झाँक्री नृत्य पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा उद्घोषिकाको रुपमा रिना श्रेष्ठ हुनुहुन्थ्यो ।