धनाढ्यस“ग श्वेताको घरजम भएपछि...

17.7k Shares

नायिका श्वेता खड्काको तामझामका साथ सोमबार गोकर्ण रिसोर्टमा विवाह गरिन् । यसले निकै चर्चा पायो ।  धनगढीका धनाढ्य विजयेन्द्र रावतसँग श्वेताको विवाह भएको हो । रावत श्वेताभन्दा उमेरले कान्छा छन् । उनको परिवार धनगढीमा गनेचिनेको व्यापारीमा पर्छ । विजयेन्द्रकी आमाको उच्च राजनीतिक घरानाँसँग नजिकको सम्बन्ध छ । 
यसपटक श्वेता र विजयेन्द्रको विवाहमा ठुलो खर्च भएको छ । नेपालको महङ्गो मध्येको गोकर्ण रिसोर्ट नै रिजर्भ गरेर श्वेताको विवाह भयो । कोरोना भाइरसको कहरबीच श्वेताले महङ्गो विवाह गर्न लागेपछि चलचित्र क्षेत्रमा तरंग नै आएको थियो । श्वेताको यो पहिलो विवाह भने होइन । उनले यसअघि श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर, श्रीकृष्णको 
विवाहलगत्तै निधन भएपछि श्वेता विगत छ वर्षयता एकल महिलाका रुपमा चिनिन्थिन् । तर, उनले विजयेन्द्रसँग प्रेमसम्बन्ध राख्दै आएको खुलेको छ । श्वेताले आफ्नो कसैसँग प्रेमसम्बन्ध नरहेको भन्दै मिडियालाई ढाँट्दै आएकी थिइन् । विजयेन्द्रसँगको सम्बन्धबारे केही समय अघि मात्र खुल्यो । त्यो पनि विवाहको कार्ड मिडियामा आएपछि । 
चलचित्र क्षेत्रमा लगानी गर्नुको अलावा श्वेताले बालुवाटारमा हिमालय जाभा कफी शप चलाउँदै आएकी थिइन् । त्यसमा उनले एक करोड रुपैयाँ लगानी गरेकी थिइन् । तर, केही समय अघि उक्त कफी शप तीन करोड रुपैयाँमा विक्री गरेको चर्चा छ । श्वेताले विजयेन्द्रसँग विवाह गर्न लाग्दा धेरैको चासो उनको भावुक अभिव्यक्ति र सामाजिक सञ्जालमा आउने गरेको स्टाटसमा जाने गरेको छ । उनी पतिवियोगले पीडामा हुँदा धेरैको सान्त्वना पाइन् । अहिले विवाह गर्दा धेरैले सामान्य नै माने । तर, उनले श्रीकृष्णको नाममा फाइदा लिएको आलोचना गर्नेहरू देखिएका छन् । विगतमा जीवनभर श्रीकृष्णलाई मुटुमा राखेर बाँच्छु भनेकी उनले अब विजयेन्द्रलाई पाएकी छिन् । 
श्वेताको अकस्मातको विवाहको निर्णयबाट श्रीकृष्णको परिवार नै आश्चर्यमा परेको बुझिएको छ । स्रोतका अनुसार उनको निर्णयलाई श्रीकृष्णको परिवारले रुचाएको छैन । कतिपयले उनको विगत र वर्तमानमा आएको फरक देखेर आशंकाहरू गर्न थालेका छन् । चलचित्रमा जस्तै उनको जीवन यथार्थभन्दा अभिनयले त भरिन थालेको होइन ? यो प्रश्न चलचित्रका जानकारहरूले गर्न थालेका छन् । 
 

सम्बन्धित समाचार