15.3k
Shares
एजेन्सी– इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ।
सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या गरेको मेहरले बताएका छन्।
मेहरका अनुसार अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन। घटनाको थप जानकारीका लागि अनुसन्धान भइरहेको महराले बताएका छन्।