कपिलवस्तुबाट श्रोत नखुलेको भारतीय रुपैयाँसहित १ जना पक्राउ

16.1k Shares

कपिलवस्तु, २४ जेठ  । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवक पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित दाङ राप्ती गाउँपालिका-३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार