काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिबार काठमाडौंमा जनआन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । उनले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए ।
उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन सुरु गर्नुपरेको बताएका हुन् । अहिलेको पार्टी र नेताहरूले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उनको ठहर छ ।