भारत, २३ जेठ । भारतको लागु औषध नियन्त्रण ब्युरोले मङ्गलवार देशमा डार्क वेबमार्फत चलिरहेको लागु औषधको ठुलो सञ्जालको पर्दाफास गरेको छ । यस सञ्जालबाट हालसम्म सबैभन्दा बढी लागु औषध बरामद भएको ब्युरोले जनाएको छ । १५ हजार एलएसडी ब्लट बरामद गरिएको छ भने ६ जना पक्राउ परेका छन् । एलएसडी अर्थात् लाइसेर्जिक एसिड डाइथिलामाइड एक सिंथेटिक औषधि हो ।
एक अधिकारीले नेटवर्क, डार्कनेटमा सञ्चालित हुने गरेको र भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रयोग गरिएको जानकारी दिए । यो नेटवर्क पोल्यान्ड, नेदरल्याण्ड, अमेरिका र भातका विभिन्न राज्यमा फैलिएको थियो ।
एनसीबीका उप महानिर्देशक ज्ञानेश्वर सिंहले एक अभियानमा एलएसडीको ब्लटको यो ‘हालसम्मका सबैभन्दा ठुलो’ परिमाण हो । यसअघि कर्नाटक प्रहरीले सन् २०२१ मा र सन् २०२२ मा कोलकाता एनसीबीले ५ हजार ब्लट जफत गरेका थिए ।
सिंहले एलएसडीको प्रयोग युवाहरूमा व्यापक रूपमा हुने गरेको र यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताए ।