लागूऔषधसहित २ जना पक्राउ

18.1k Shares

सुनसरी, १८ जेठ । बराहक्षेत्र नगरपालिका-८ शुक्रवारेबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ३ सय ७० मिलिग्रामसहित धरान उपमहानगरपालिका-११ बस्ने ३५ वर्षीय सूर्यकुमार राई समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४२प ८४०३ नम्बरको स्कुटरमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 

सम्बन्धित समाचार