ग्राण्ड एकेडेमीद्धारा 'विश्व सुर्तीजन्य पदार्थ बिरुद्धको दिवस'मा जनचेतामुलक र्याली आयोजना (फिचर)

27.9k Shares

ललितपुर/'विश्व सुर्तीजन्य पदार्थ बिरुद्ध'को दिवसको उपलक्ष्यमा ग्राण्ड एकेडेमीका विद्यार्थीहरुले सातदोबाटो वरिपरिका क्षेत्रहरुमा जनचेतना जगाउने र्याली प्रदर्शन गरेको छ । उनीहरुले प्रहरीको सुरक्षामा सुर्तीजन्य वस्तु विरोधी र यसको बिकृतिबारे आमनागरिकलाई जनचेतना जगाउने र्याली निकालेका हुन् । 
झण्डै दुईसय हाराहारी सहभागी रहेको उक्त जनचेतनमुलक प्रदर्शनीमा विद्यार्थी भाइबहिनीहरुले प्ले कार्ड मा जनहितका नाराहरु लेखी 'किन सुर्ती सेवन गर्नुहुन्न ?' भन्नेबारे जनचेतना फैलाउने कार्यक्रम गरेका थिए । 
ग्राण्ड एकेडेमीले समावेशी र समय सान्दर्भिक शिक्षाद्धारा नानीबाबुहरुलाई समाज, राष्ट्र मात्र नभई विश्वलाईनै कुरीति, कुलत र कुकर्मप्रति सजग भई शान्ति र समृद्धि फैलाउनबारे यस्ता कार्यत्रमहरु समयसापेक्ष गर्दै आइरहेको छ ।

IMG-20230531-WA0000.jpgIMG-20230531-WA0001.jpgIMG-20230531-WA0003.jpgIMG-20230531-WA0004.jpgIMG-20230531-WA0013.jpgIMG-20230531-WA0008.jpgIMG-20230531-WA0016.jpgIMG-20230531-WA0006.jpg

सम्बन्धित समाचार