18.9k
Shares
काठमाडौं । विभिशाले एशियाकै शिर्ष बक्सिङमा थाइल्याण्डकी डमोन्था थानी पराजित गरी नेपालको पहिलो व्यवसायिक बक्सरको नाम राख्न सफल बनेकी छिन् ।
विभिशाले थाइल्यान्डमा हाइल्यान्ड प्रमोशन अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरेकी हुन् ।
यो एसियाको शीर्ष बक्सिङ प्रमोशन प्रतियोगिता मध्ये एक हो । विभिशाले एबिसीको नियम अनुसार एटओजेड ग्लोभ्स र हेड गियर बिना चार राउन्ड प्रतिस्पर्धा गरेकी थिइन् ।
हाइल्यान्ड प्रमोशन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीको मान्यता प्राप्त प्रतियोगिता हो ।

