स्कुटरको ठक्करबाट दुई जना घाइते

17k Shares

धनगढी, ५ भदौ । कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको हो। स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। स्कुटर इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा छ।

सम्बन्धित समाचार