काठमाडौं, १३ जेठ । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शनिबार देखि सुरू भएको छ। प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए।
सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिबारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।
बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेवल गरिएको छ।बैठकको शून्यमा समयमा बोल्ने सासंदहरूले सुदूरपश्चिम सरकारलाई बहुआयामिक समस्याले घेरेकाले सुधार गर्न सल्लाह दिएका थिए। अर्काे बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।