कोटेश्वरबाट खैरो हेरोइनसहित एकजना पक्राउ

17.2k Shares

काठमाडौं, ९ जेठ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० घर भएका ३९ वर्षीय दिनेश लोवा छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले आरोपीको साथबाट १० ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । आरोपीको साथमा डिजिटल तराजु पनि भेटिएको छ । आरोपीबारे ब्युरोले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार