सेन्ट्रलजेलभित्र अनिलाको दादागिरी, सेटिङमा कैदीहरुलाई दिनदहाडै ठग्दै

22.7k Shares

काठमाडौँ, ८ जेठ । लागु औषध मुद्दामा कारागार महिलातर्फ केन्द्रिय कारागार, सुन्धाराको जगन्नाथ देवलमा कैदी जीवन भौग्दै आइरहेकी अनिला श्रेष्ठ सजाय होइन, आरामको जिन्दगी व्यतित गर्दै आइरहेको कुरा सुन्दा यहाँलाई अचम्म लाग्ला । तर कुरा साँचो हो । उनले आफ्नो ज्यादती जेलको कोठभित्रैबाट देखाइरहेकी छिन् । उनको रवैया र ज्यादतीले कैदीहरु आजित बनिसेका छन् । कैदीहरुलाई सकस दिने लगायत कैदखानाबाटै ठगीधन्दा उनले शुरु गरिरहेकी छिन् । 
उनको दिनचर्यानै कसरी त्यहाँ कैदी जिवन बिताइरहेका कैदीहरुलाई ठग्न र लुट्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुने गरिएको पाइएको छ । उनले त्यहाँ रहेका अन्दाजी २०० जनाभन्दा बढी केदीहरुसँग सेटिङ गरी केश मिलाईदिन्छु भन्दै ५० हजारदेखि ५ लाखसम्मको रुपैयाँ ठगी गर्ने गरिएको पाइएको छ । पछि आफु ठगिएको चाल पाई पैसा फिर्ता माग्दा अनिलाले अन्यत्रै सरुवा गराइदिने धम्कीदेखि शारीरिक यातना दिएर कुटपिट समेत गर्ने गरेकी छिन् । दुई महिना अगाडी कैदी गौरी शाहलाई मरणतान्त हुने गरी कुटपिट समेत गर्दा पनि त्यहाँको प्रशासन मौन बस्नुले ठूलै सेटिङ छ भन्ने कुरा छताछुल्ल हुनुका साथै जोकसैले यो बुझ्न गाह्रो छैन । सख्त घाइते भएकी गौरी शाहलाई पछि अस्पताल लगिएर घटनालाई गुपचुप बनाइएको जानकारी खोजतलसले पत्ता लगाएको छ । यस्तोमा कारागार प्रमुखले नै उनलाई ठूलो बहिदार नामको पद दिनु र त्यसको आडमा अनिलाले मनोमानी तवरले कैदीहरुलाई ठग्नुले कारागार प्रमुख र कारागार व्यवस्थापन विभाग प्रमुखबीच ठूलै साँठगाँठ रहेको बुझिन्छ ।

सम्बन्धित समाचार