सगरमाथा आरोहणको क्रममा मोल्दोभानका एक आरोहीकाे निधन

18k Shares

काठमाडौं, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ । यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आईसकेको छैन । 

‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौं, पर्यटन विभागका अधिकारी युवराज खतिवडाले भने। यसैगरी, समाचार संस्था एपीका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा सगरमाथा आरोहण गर्नेको सङ्ख्या पाँच पुगेको छ । 

आज मात्रै कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफनै विश्वकिर्तिमान तोडेका छन् ।  नेपाली पर्वतारोही कामीरिता शेर्पाले बुधबार २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको कीर्तिमान कायम गरेका हुन् । आजै पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथामा सफल आरोहण गरेका छन् । उनी यति समुहका अध्यक्षसमेत हुन । 

सम्बन्धित समाचार