निकिशामाथि दुर्व्यवहार गरेको आरोपमा तीन किशोरविरुद्ध अनुसन्धान सुरु

16.5k Shares
काठमाडौं । भक्तपुर नगरपालिका१ स्थित सडकमा निकिशा श्रेष्ठलाई दुव्र्यवहार गरेको अभियोगमा ३ जना किशोरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका१ बस्ने १९ वर्षीय सफिल खत्री, भक्तपुर नगरपालिका५ तौमडी बस्ने १७ वर्षीय विशेष जोशी र अर्का एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएका छन् । प्रहरीले १६ वर्षीय किशोरको उमेर कम भएको हुँदा परिचय नखुलाइएको जनाएको छ ।
सार्वजनिक भएको भिडियाेमा निकिशामाथि लक्षित गरी उनीहरुले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ । आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेकी छन् ।
त्यसपछि अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले उक्त घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
सफिल खत्रीले स्कुटर चलाएको चलाएको र स्कुटरको पछाडि बसेर १६ वर्षीय किशोरले लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरेर भिडियो बनाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सम्बन्धित समाचार