18.2k
Shares
काठमाडौं, २ जेठ । जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हो । साथै एक जना घाइते भएका छन् । घाइते हुनेमा पातारासी ३ का ४२ वर्षीय कृष्णबोहोरा रहेका छन् ।
अटोचालक चन्दननाथ नगरपालिका तलिउमका गोविन्द सार्की प्रहरी नियन्त्रणमा छन् ।