17.2k
Shares
काठमाडौं । गएको माघ १५ गते काठमाडौं ज्याठास्थित होटल भियानाबाट जुवातास खेलिरहेका ११ जना पक्राउ परे । उनीहरूलाई प्रहरीले १३ लाख ६२ हजार ५०० रुपैयाँ र चार बुक तास बरामदसहित पक्राउ गरेको थियो ।
भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा २० जनालाई चैत १९ गते प्रहरीले पक्राउ गर्यो । नगद ६ लाख ७ हजार ५०० रुपैयाँ र ६ बुक ताससहित उनीहरू पक्राउ परेका थिए ।
यसैगरी, ललितपुरबाट नगद तीन लाख ६४ हजार १२० रुपैयाँ र ६९ बुक ताससहित जुवातास खेल्दै गर्दा ११ जनालाई चैत ३ गते प्रहरीले पक्राउ गरेको थियो ।
यी केही प्रतिनिधि घटनामात्र हुन् । दिनहुँजसो प्रहरीले जुवातास खेलिरहेको अवस्थामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्दै आएको छ ।