17.7k
Shares
काठमाडौं,१ जेठ । कम्बोडिया पठाइदिन्छु भन्दै १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माकलबारी बस्ने २९ बर्षीय सिद्धार्थ तामाङ रहेका छन्।
उनले लाल बहादुर खत्री समेत २ जनालाई वैदेशिक रोजगारीमा कम्बोडिया पठाईदिन्छु भनी मासिक १ लाख भन्दा बढी तलवमा क्यासिनोमा काम लगाइदिने प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार शिवचोकबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।