सरकारी वकिल कार्यालयमा बालकृष्ण खाणको बयान सुरु

18.2k Shares

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । पूर्वमन्त्री खाणको बयान सुरु भएको जिल्ला सरकारी वकिल  कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।

आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार